|

भक्तपुर : मध्यपुरथिमी-५, राधेराधे चोकमा मंगलबार साँझ भएको आगलागीबाट १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय नवराज कसपालको चारतल्ले घरको भुइँतलामा सिन्धुलीका प्रेमबहादुर बस्यालले सञ्चालन गरिरहेको साथीभाइ खाजा घरमा विद्युत् सर्ट भई आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको हो।

आगलागीबाट सो खाजा घरको पछाडि रहेको घरधनी कसपालको रङको गोदाममा समेत क्षति पुगेको थियो। साँझ पाँच बजे लागेको सो आगो नेपाल प्रहरी, जुद्ध वारुण यन्त्र भक्तपुरको दमकल र स्थानीय

बासिन्दाको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। आगलागीबारे थप अनुसन्धान भइरहेको प्रवक्ता प्रनाउ प्रसाईंले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.