|

रुकुम  : रुकुम पूर्व जिल्लाको विभिन्न ठाउँमा मंगलबार राति हिमपात भएको छ। हिमापातका कारण अत्यधिक चिसोले स्थानीयहरुको जनजीवन कष्टकर बनेको छ। पुथा उत्तरंगा गाउँपालिकाको मैकोट क्षेत्रमा भारी हिमपात परेको छ।

पूर्वी रुकुममा यो समयमा बर्सेनि हिमपात हुने गरेको छ।  चिसोले बालबालिका तथा वृद्धहरु बढी प्रभावित भएका छन्। रुकुम पश्चिमका भने केही उच्च भागहरुमा हिमापत भए पनि अन्य ठाउँमा हिउँ परेको छैन। तर, पनि पानी पर्नाले चिसो भने बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.