|
राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्दै माओवादी नेता रामबहादुर थापा।

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता चलिरहेको छ। आज विहान १० बजेदेखि दलहरुले उम्मेदवारी दर्ता गरिरहेका छन्। आज ५ बजेसम्म मनोनयन जारी रहनेछ।

सात प्रदेशका उच्च अदालत रहेका ठाउँमा निर्वाचन कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ता कार्य जारी रहेको छ।

आज दर्ता भएका उम्मेदवारको अन्तिम नामावली माघ १५ गते सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगको राष्ट्रियसभा निर्वाचन कार्यसूची अनुसार अन्मित नामावली माघ १५ गते सार्वजनिक गर्ने र २४ गते मतदान हुनेछ।

माघ १५ गते नै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

त्यस्तै निर्वाचन आयोगले शुक्रबारबाट राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागू हुने भएको छ। आचारसंहिताको पूर्ण पालना गर्न आयोगले आग्रह गरेको छ। त्यस्तै आचारसंहिता उलंघन गर्ने उम्मेदवार र राजनीतिक दलहरुलाई कारबाही गर्ने आयोगले जानकारी दिएको छ।

राष्ट्रियसभा निर्वाचनबाट लागि प्रत्येक प्रदेशबाट ८-८ जनाका दरले ५६ जना निर्वाचित हुने व्यवस्था छ। ५९ सदस्य रहने राष्ट्रियसभाका तीन सदस्य राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.