|

विराटनगर : नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश संयोजक सावित्रीकुमार काफ्लेले राष्ट्रियसभा निर्वाचनमा प्रदेशमा पार्टीको भागमा परेको कोटामा आफ्नै श्रीमतीलाई उम्मेदवार बनाएका छन्।

राष्ट्रियसभामा आफैँ आकांक्षी रहेका काफ्लेले वाम गठबन्धनको भागबन्डामा प्रदेशमा माओवादीलाई महिला कोटा परेपछि श्रीमती विना पोखरेललाई उम्मेदवार बनाएका हुन्।

जनयुद्धको समयमा काफ्लेसँगै केही समय भूमिगत भएकी विना पछिल्लो समयमा राजनीतिमा सक्रिय भने छैनन्।

राष्ट्रियसभामा माओवादीबाट बेपत्ता योद्धाहरु वीरेन्द्र बस्नेत र धीरेन्द्र बस्नेतकी आमा एवं पार्टीका सल्लाहकार झापा दमककी चन्द्रकुमारी बस्नेतलगायतको दाबी थियो। पार्टीका अधिकांश नेताहरुले बस्नेतलाई उम्मेदवार बनाउनुपर्ने सुझाब दिए पनि काफ्लेले आफ्नै श्रीमतीलाई उम्मेदवार बनाएका हुन्।

पहिलो संविधानसभामा मोरङको क्षेत्र नं. ३ बाट विजयी भएका काफ्लेले दोस्रो संविधानसभामा निर्वाचनमा वैद्य माओवादीमा लागेर बहिष्कार गरेका थिए।

गएको प्रतिनिधिसभा निर्वाचानमा मोरङको क्षेत्र नं. ३ बाट उम्मेदवार बन्न प्रयास गरे पनि एमालेले क्षेत्र नं. ३ नछाडी ४ माओवादीलाई छाडेको थियो। सो क्षेत्रबाट उम्मेदवार बन्न नेता तथा कार्यकर्ताहरुले सुझाब दिए पनि काफ्लेले चुनाव हार्ने डरले उम्मेदवार बनेनन्।

चुनाव हार्ने डरले काफ्ले पछि हटेको सोही क्षेत्रबाट माओवादीका युवा नेता अमनलाल मोदीले मोरङमै सबैभन्दा बढी मतान्तरले चुनाव जिते।

उनै काफ्लेसहितका माओवादीका जिल्ला तहका केही नेताहरुले प्रदेशसभाको टिकट मागेका मोदीलाई टिकट नदिएर चुनाव हार्ने ठानिएको क्षेत्रमा उम्मेदवार बनाएका थिए। 

प्रदेशको नेतृत्वमा रहेर आफ्नै श्रीमतीलाई उम्मेदवार बनाएको भन्दै काफ्लेको माओवादी कार्यकर्ताहरुले चौतर्फी आलोचना गरिरहेका छन्। माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा उनीविरुद्ध आक्रोश पोखिरहेका छन्।

वाम गठबन्धनका तर्फबाट माओवादीका भागका परेका राष्ट्रियसभाका १४ मध्ये पोखरेलेसहित १३ जनाको नाम माओवादीले मंगलबार बिहान तय गरेको हो। प्रदेश २ मा एकजनाको नाम टुंगो लगाउन बाँकी छ। मधेसी दलहरुसँगको तालमेल हुने गरी वार्ता चलिरहेकाले एक सिटको भनेपछि टुंगो लगाइने बताइएको छ।

माओवादीका तर्फबाट प्रदेश १ मा एक जना र प्रदेश ६ मा तीन जना उम्मेदवार हुनेछन्। बाँकी ५ वटा प्रदेशमा दुई÷दुई जना उम्मेदवार हुनेछन्।

प्रदेश १ मा बीना पोखरेल (महिला), प्रदेश २ मा शशिलकला दाहाल (महिला), प्रदेश ३ मा रामबहादुर थापा (खुला) र गंगा पराजुली (महिला), प्रदेश ४ मा दीनानाथ शर्मा (खुल्ला) र खीमबहादुर विक (दलित), प्रदेश ५

मा राजमकुमार कुँवर (अल्पसंख्यक÷अपाङ्ग) र चन्द्रबहादुर खड्का (खुल्ला), प्रदेश ६ मा जीवन बुढा (अल्पसंख्यक÷अपाङ), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुल्ला) तथा प्रदेश ७ बाट लालिराम

लोहार (दलित) र हरिराम चौधरी (खुल्ला) माओवादीका उम्मेदवार हुनेछन्। राष्ट्रियसभा निर्वाचनको लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ भने निर्वाचन २४ माघमा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.