|
प्रतिनिधिमूलक फोटो।

धनगढी : कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँदको वडा नम्बर ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकर बम विस्फोट गराएको छ।

बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए। घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ।

हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउँदले बताए। घटनास्थल बाट ३५ मिटर विद्युतीय तारसमेत बरामद भएको छ।

स्थानीय तहको निर्वाचनमा साउँद एमालेका तर्फबाट गोदावरी नगरको प्रमुखमा निर्वाचित भएका थिए। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.