|

दाङ : पाँच नम्बर प्रदेशबाट तीनजना निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित हुनेमा नेकपा एमालेबाट कोमल वली र मीना बुढा रहेका छन्। त्यस्तै, नेपाली कांग्रेसकी अनिता देवकोटा पनि निर्विरोध निर्वाचित भएकी छन्।

प्रतिस्पर्धाका लागि उम्मेदवारी नै नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले भने उनीहरुलाई माघ १५ गते मात्रै निर्वाचित घोषणा गरिने बताए।

प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनमा चार वटा राजनीतिक दलबाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जसमा खुलाबाट ४, महिलामा ३, दलीतमा २ र अपाङ्ग/अल्पसंख्यकमा २ जनाले उम्मेदवारी दिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.