|

बाँके : चिट्ठा परेको झुठो विवरण दिएर सर्वसाधारणलाई ठग्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पाकिस्तानी फोन नम्बरबाट फोन गर्ने, इमोमा म्यासेज पठाउने, भ्वाइस कल गरी २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भनी झुक्याएर ठग्ने गिरोहका सदस्यलाई बाँके प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेख जिल्ला नारायण नगरपालिका–२ का २४ वर्षीय कुमार सुनार, दुल्लु नगरपालिका–११ का २० वर्षीय मिलनकुमार बिक र दैलेख महावु गाउँपालिका–३ का  १९ वर्षीया करिष्मा सुनारलाई एक लाख १८ हजार रुपैयाँसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ। 

उनीहरुले एक हप्ताअघि बर्दिया बढैयाताल गाउँपालिका–१ का खिमबहादुर सुनारलाई २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भनी एक लाख ८५ हजार ७ सय रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

प्रहरीले यसअघि भारत लखनउका २२ वषीय अब्बु सैयफ खान, नेपालगन्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अकिव इद्रिसी, वडा नं. ६ का १९ वर्षीय मोहम्मद फाहद हलुवाई र वडा नं.५ का २१ वर्षीय अमिरबाबु कसगरलाई पक्राउ गरेको थियो।

पक्राउ परेकाहरुले एक महिनादेखि मुगु घर भई  काठमाडौं बस्दै आएका सुमन सुनार र कपिलवस्तु वाणगंगाका गणेश घिमिरेसँग ५ लाख १० हजार रुपैयाँ लिइसकेको अनुसन्धानबाट खुल्नमा आएको प्रहरीले जनाएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.