|

पाल्पा :  पाल्पामा जीप दुर्घटना हुँदा बुधबार राति एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पूर्वखोला गाउँपालिका–६ का ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रकुमार थापाले जानकारी दिए।

तानसेनबाट पूर्वखोलाको लम्पाल जाँदै गरेको लु १ ज ३४९९ नम्बरको जीप रोकेर छतको सामान निकाल्ने क्रममा एक्कासी टायर अडाइएको 'ओट' फुस्किएपछि सडक भन्दा झण्डै ३० मिटर तल खसेको प्रहरी निरीक्षक थापाले बताए।

दुर्घटनामा परी घाइते भएका थापाको उपचारको लागि तानसेनमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। जीपमा रहेका एक जना सकुशल रहेको थापाले जनाए।

                              
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.