|

दाङ : प्रदेशको राजधानी कहाँ राख्ने भन्नेबारेमा प्रदेशसभाको बहुमतले निर्णय गर्ने भएकोले त्यसका लागि आन्दोलन नगर्न एमाले उपमहासचिव विष्णु पौडेलले आग्रह गरेका छन्।

प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकेको भन्दै दाङबासी आन्दोलनमा रहेका बेला पौडेलले राजधानीका लागि आन्दोलन गर्नुको औचित्य नभएको बताएका हुन्।

दाङ घोराहीमा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले अहिलेको सरकारले अस्थायी राजधानी मात्रै तोकेको स्पष्ट पारे। 'अहिले भएको निर्णय अस्थायी हो, अब प्रदेशसभाको दुई तिहाई बहुमतले अन्तिम निर्णय गर्छ,’ उनले भने ‘अस्थायी मुकाम तोकेको विषयमा अनावश्यक विरोध गर्दा प्रदेशसभाको इज्जत र मर्यादाका लागि पटकै सुहाउँदैन।’

उनले प्रदेश राजधानी दाङ राख्ने कि रुपन्देही राख्ने भन्नेबारे विवेकसम्मत निर्णय हुने बताए। उनले भने, 'प्रदेशसभाका सांसदरु जिम्मेवार हुनुहुन्छ, उहाँहरुले विवेकसम्मत निर्णय गर्नुहुन्छ।’

प्रदेश ५ को अस्थायी राजधानी रुपन्देही बनाइएको विरोधमा दाङमा बन्द र हड्ताल लगायतका आन्दोलन भएका थिए। उक्त विरोध अझै जारी रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.