|

बाँके : बाँकेलाई प्रदेश राजधानी माग गर्दै प्रदेश राजधानी संघर्ष समितिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। 

प्रादेशिक महोत्सवको उद्घाटन गर्न नेपालगन्ज आएका प्रचण्डलाई संघर्ष समितिका संयोजक एवम् एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङसहितको टोलीले ज्ञापनपत्रसँगै प्रदेश राजधानी माग गरेको हस्ताक्षर बुझाएको हो। 

बाँके जिल्ला प्रदेश राजधानीका लागि उपयुक्त भएको बताउँदै गुरुङले बाँके प्रदेश राजधानी नभए केन्द्रीय सरकारको अधिनमा रहनुपर्ने आफूहरूको माग रहेको बताए। ‘बाँके र बर्दिया बुटवललाई राजधानी मान्न तयार छैनौँ, बुटवल राजधानी भए हामी केन्द्रीय सरकारको अधिनमा रहन पाउनुपर्छ’, उनले भने। 

हस्ताक्षरसहितको ज्ञापनपत्र बुझ्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू बाँकेलाई राजधानी बनाउन सकारात्मक भएको बताउँदै बाँकेवासीको आन्दोलनमा साथ दिने बताए। उनले बाँकेवासीको भावनाको कदर गरी अधिकार दिलाउन पहल गर्ने आश्वासन पनि दिए। 

बाँके राजधानी संघर्ष समितिले महोत्सवस्थलमा हस्ताक्षर संकलन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.