|

देश र जनताको सेवामा लाग्ने सोचले मैले निजामती सेवा रोजें। २०५५ साल फागुन ३० गते खरिदारबाट सुरु भयो मेरो निजामती सेवा यात्रा। २०६० सालमा काठमाडौं महानगरपालिकाको अधिकृतमा छनोट भई स्थानीय निकायको सेवामा प्रवेश गरेपनि निजामती सेवाको अधिकृत भई कार्य गर्ने उत्कट चाहना एवं अभिलासा रहिरह्‍यो। 

त्यसको एक बर्षमै लोकसेवाबाट शाखा अधिकृत पास भए। मेरो पदस्थापन गृह मन्त्रालयअन्तर्गत भयो। जुनबेला देशमा राजाको सक्रिय र प्रत्यक्ष शासन व्यवस्था थियो। संयोगनै भन्नु पर्छ, मैले शाखा अधिकृतको नियुक्ति लिएकै भोलिपल्ट २०६१ माघ १९ मा राजाले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद गठन गरेका थिए। 

देशमा माओवादी सशस्त्र युद्ध जारी थियो। त्यतिबेलासम्म आइपुग्दा देशका अधिकांश भूभागमा माओवादी द्वन्द्वको प्रभाव उत्कर्षमा थियो। प्रत्येक दिनका प्रमुख समाचार हिंसा र द्वन्द्वसँग सम्बन्धित हुने गर्दथे। जिल्ला सदरमुकाम आक्रमण, प्रहरी चौकी कब्जा, अपहरण तथा हत्याका समाचार सामान्य जस्तै भएका थिए। समग्र राष्ट्रसेवक कर्मचारीहरु पनि उक्त द्वन्द्वको चपेटामा पर्ने नै भए। सुन्दा र देख्दा पनि कहालीलाग्दा यस्ता दर्दनाक घटनाहरुमा कोही पनि नपरोस् भन्ने मलाई पनि लाग्थ्यो।
 
कार्यभार ग्रहण
गृह मन्त्रालयकाबाट मिति २०६२ जेठ २७ को निर्णयानुसार मेरो पदस्थापना पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, धनकुटामा भयो। पदस्थापना भएको कार्यालयमा अविलम्ब हाजिर हुनुपर्ने मन्त्रालयको निर्देशन बमोजिम २०६२ असार ९ गते काठमाडौं-विराटनगरको हवाई मार्ग प्रयोग गर्दै त्यहाँबाट धनकुटातर्फ लागेँ। यसअघि म विराटनगर पनि पुगेको थिइन। विराटनगबाट  इटहरी-धरान-भेडेटार हुँदै धनकुटा पुग्दा मेरो मनमा केही कौतुहलता थियो। र सँगसँगै निराशा पनि। घरपरिवारबाट टाढा हुँदा मनमा निराशाका वादल मडारिनु स्वभाविकै  थियो। धनकुटा हाजिर पश्चातको केही समयको बसाईपछि मलाई तत्कालीन अञ्चल प्रशासन कार्यालयको स्थापना एवं त्यसको व्यवस्थापकीय कार्य गर्न मेची अञ्चल प्रशासन कार्यालय, चन्द्रगढी, झापा खटाइयो। झापा पनि मेरा लागि नितान्त नौलो थियो किनकि म इटहरी पूर्व गएकै थिइन। झापामा  शान्ति सुरक्षाको जिम्मेवारी एकिकृत सुरक्षा फौजको कमाण्डमा हुने गर्दथ्यो। प्रायः साँझ परेपछि हामी आफ्नो बासस्थानबाट यताउता गर्दैन थियौं।

झापाको केही समयको बसाई पश्चात म पुनः धनकुटा फर्कें। धनकुटा पहाडी जिल्ला भएकोले झापामाभन्दा युद्धको प्रभाव बढी भएको अनुभव मैले गरेको थिएँ। संचारका साधनहरु सीमित गरिएका थिए। भर्खरभर्खर बजारमा प्रवेश पाएको मोवाइल फोन सेवा पनि सुरक्षाका कारण अवरुद्ध थियो। त्यसबखत भरपर्दो समाचारका लागि बीबीसी नेपाली सेवा सुन्थे। जहिले पनि आम कर्मचारी भेटघाट हुँदा आज त माओवादीले जिल्ला सदरमुकाम हान्छन् रे भनेर गफगाफ हुन्थे। तर मलाई त्यस्तो होला जस्तो लाग्दैन थियो। 

माओवादीको धनकुटा सदरमुकाम आक्रमण
यस्तैमा २०६२ माघ २५ गते बेलुका करिव साढे ८ बजे हामी बसेको क्‍वाटर (पहिलेको घरेलु कार्यालय रहेको भवन) नजिकै बन्दुकका हल्का आवाज सुनिन थाले। म बीबीसी नेपाली सेवा सुन्दै थिएँ, मेरी श्रीमती खाना खाने तयारी गर्दै थिइन्। एक्कासी ठूलठूला बम विष्फोटनका आवाज सुनिए। केही क्षणमै हातमा बन्दुक र प्रेसर कुकर बम लिएका माओवादी कार्यकर्ता तथा छापामारहरु अफिसको कम्पाउण्डमा प्रवेश गरी क्‍वाटरका सबै कर्मचारीलाई बाहिर निस्कन उर्दी जारी गरे। हामी डरले कोठाभित्रै लुकेर बस्यौँ। केही समयपछि क्षेत्रीय प्रशासन कार्यालयका तत्कालीन क्षेत्रीय प्रशासक प्रेमप्रसाद शर्मा सापकोटा (निजको माओवादी कब्जाको अवस्थामा नै मृत्युभएको), फणिन्द्रमणि पोखरेल र काशीराज दाहालसहित सबै कर्मचारी बाहिर ल्याएको थाहा पाएपछि हामी पनि बाहिर निस्क्यौं। उनीहरुले तत्कालै हामीलाई आफैंसँग जान आग्रह समेत गरे। 

केही समय हाम्रो रुवावासी चल्यो। परिवारका सदस्यहरुले नलैजान पटकपटक अनुरोध गरे। तर त्यो अनुरोध के सुन्थे र? सँगै जानैपर्ने उर्दी लगाए। हामी उनीहरुको पछिपछि लाग्यौं। मनमा अनेक आशंका। हामी बस्ने सरकारी निवासमा आगोका मुस्लाहरुलाई निर्दयी ढंगले नियाल्दै हामी माओवादीको पछि लाग्यौं। ठूलठूला बम विस्फोट र गोलीका आवाजहरु आइरहेका थिए। त्यतिबेला करिव रातिको साढे ९ बजेको थियो। माघ महिनाको पहाडी चिसोसँगै मनमा अन्योल र डरको भावना लिई हामी गन्तव्य बिनाको यात्रामा हिड्यौं। 

अपहरण यात्रा (२०६२ माघ २५ देखि फागुन २)
बम विस्फोटको कारण विजुली अवरुद्ध थियो। धनकुटा सदरमुकाम अन्धकारमय थियो। लगातार विस्फोटका आवाज र घरिघरि देखिने भेरीलाइटलाई पछ्याउँदै टुँडीखेलको बाटो हुँदै सदरमुकामबाट विदा भयौं। अध्यारो भएकोले बाटो पहिल्याउन कठिन। मसहित, तत्कालीन सहसचिव प्रेमप्रसाद शर्मा सापकोटा, शाखा अधिकृत फणिन्द्रमणि पोखरेल र नायव सुब्बा दशरथ रुम्दाली उनीहरुले जताजता लैजान्थे, त्यतै त्यतै लाग्थ्यौं।

सहसचिव सापकोटा बाटोमा लडेर घाइते हुनुभयो। फणिन्द्र सर र मैले हात समातेर विस्तारै हिडायौं। उहाँ हिडन नसक्ने हुनुभयो। केही समयपछि उहाँलाई हामीबाट अलग गरियो।

निष्पट्ट अध्यारो, अनकन्टार ठाउँ। त्यो धनकुटा पारीको तांख्वा, तेलिया हो जस्तो लाग्छ। राति हिड्दा बाटो बिराउने, सल्लाको झरेको पातमा चिप्लिँदै हिड्दा कुकुरहरु भुक्ने र दुःख दिने गर्दथे। कुकुरको कारण कतिपय अवस्थामा रुखमा चढ्न बाध्य भएका थियौं।

बिहान करिव २ बजे धनकुटाको एक स्कुलमा लगेर राखियो। त्यो स्कुल काजीमान माध्यमिक विद्यालय थियो। उक्त स्थानमा जिल्ला आक्रमणमा संलग्न सबै लडाकुहरु, तिनका कमाण्डर, राजनीतिक कमिसार सबै जम्मा भई आफ्ना आफ्ना समूमा विभाजन भएको मलाई याद छ। 

त्यसै रात हामी त्यहाँबाट ठाडो ओरालो झर्यौं। विहानी हुँदैगर्दा एक घरमा लगी भर्खर मथेको मोही खुवाइयो। त्यसबेला उज्यालो भएको कारण एक जना हामीसँग कहिलेकाही बोलचाल भइरहने साथी भेट हुनुभयो। उहाँलाई देखेपछि हामीलाई साहस आयो। अब केही हुँदैन भन्ने लाग्यो। उहाँ शिष्ट र सरल स्वभाव भएको भरखरको कलिलो उमेरको मान्छे। हामीलाई लाग्यो, उहाँ पनि माओवादी कार्यकर्ता हुनुहुँदो रहेछ। तर कुराकानी हुँदै जाँदा उहाँको माओवादी पार्टीमा बोलाउने नाम “सुदर्शन” र वास्तविक नाम हेमराज भण्डारी रहेछ। उहाँ जिल्ला सेक्रेटरी हुनुहुँदो रहेछ। पहिलो संविधानसभामा धनकुटाबाट निर्वाचित समेत हुनुभयो। उहाँसँग अहिले पनि मेरो सामान्य भेटघाट र सम्बन्ध कायमै छ। सुदर्शनजीसँग भेटघाट भएपछि उहाँले आफ्ना साथीहरुलाई हाम्रा बारेमा भन्नुभयो। त्यसपछि माओवादी साथीहरुले हामी छ्ट्ने बेलासम्म राम्रो व्यवहार गरे।

करिव ५ दिनको हिडाईमा हामीलाई तेह्रथुमको पञ्चकन्या हुँदै धनकुटाको तमोर नदीमा काठे डुंगामा तारी बसन्तपुर, फलामेटार, कुरुले, तेनुपाजस्ता ठाउँमा हिड्दै बस्दै एवं रात बिताउँदा गोठमा बास बसियो। बाटोमा उहाँहरुसाथ हिड्दा सबै मान्छेले हामीलाई हेरिरहन्थे तर केही सोध्ने हिम्मत गर्दैनथे। उनीहरुसँग रहँदा बस्दा शारीरिक र मानसिक रुपमा दर्द भएपनि माओवादी कार्यकताहरुबाट हामीलाई दुःख दिने कार्य भने भएन। सर भनेर बोलाउँथे। हामीले कमरेड भनेर सम्बोधन गर्दथ्यौं। छुट्ने बेलासम्म हामीसँग हतियारसहितका दुईजना पुरुष र २ जना महिला छापामारहरु हुनुहुन्थ्यो, त्यसमा एक जना चेतन भन्ने हुनुहुन्थ्यो भने एक जना कमरेड सरिता हुनुहुन्थ्यो, उहाँहरु अहिले हुनुहुन्छ हुनुहुन्न मलाई थाहा छैन। 

विदाइ
२०६२ माघ २९ गते धनकुटाको राजारानीमा एक कार्यक्रम गर्दा हामीलाई विदाई गरियो। त्यो विदाईको प्रमुख मान्छे माओवादी नेता दिनेश शर्मा सागर हुनुहुन्थ्यो। हामीलाई बाटो खर्चका लागि पाँच-पाँच सय रुपैयाँ खाममा राखेर दिए। जुन मसँग अहिले पनि सुरक्षित छ।
 
कार्यक्रम पश्चात हामीलाई अन्तर्राष्ट्रिय रेडक्रसको जिम्मा लगाइयो। रेडक्रसले बन्दी हस्तान्तरण गर्ने भन्दै विराटनगर लग्यो, पुनरावेदन अदालत विराटनगरले धनकुटाको कर्मचारी भनेपछि धनकुटै लग्न भन्यो। पुनः राति धनकुटा लगियो। पुनरावेदन अदालत, धनकुटाका तत्कालीन मुख्य न्यायाधीश कामानन्द देवलाई जिम्मा लगाएपछि हाम्रो माओवादी कब्जाको अवस्था सकिएको थियो।

२०६२ फागुन २ गते विहान पुनरावेदन अदालतबाट आफ्नो क्वाटरतर्फ लाग्यौं। त्यहाँ आगो लागिसकेको रहेछ। हामीलाई माओवादीले लगेपछि मेरी श्रीमती पनि तत्कालीन क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत काशीराज दाहालको परिवारसँगै विराटनगर गएको भन्ने थाहा पाएँ। अति फणिन्द्र सर र म पनि विराटनगर लाग्यौं। फागुन ३ गते सपरिवार काठमाडौं आयौं। यहीबीचमा प्रेमप्रसाद सापकोटा सर धनकुटाको कुरुले तेनुपामा विरामी भई त्यही बितेको भन्ने थाहा पायौं। हामी कुरुले तेनुपामा कब्जामा रहँदा नजिकैको वल्लोपल्लो घरमा भए पनि उहाँको वास्तविक अवस्थाबारे बुझ्न पाइएन। यसैबीच उहाँको मृत शरीर धनकुटाबाट काठमाडौं ल्याइयो। र अन्तिम संस्कारको लागि उहाँको बसाबासस्थान पोखरा लगियो। सायदः प्रेमसरको भेट तत्कालीन जिल्ला सेक्रेटरी (इन्चार्ज) सुदर्शनसँग भएको भए मर्नुपर्ने अवस्थामा पुग्नु हुँदैनथियो कि जस्तो लाग्छ। त्यसो हुन सकेको भए उहाँलाई थप उपचारको व्यवस्था हुने थियो।

अपहरणमुक्त भएपश्चात साथीभाइ तथा इष्टमित्रहरु सबैले माओवादी अपहरण परेको बेला भएका घटनाका बारेमा सोध्ने गर्दथे। अहिलेको जस्तो खुल्ला प्रजातान्त्रिक/गणतान्त्रिक वातावरण थिएन। कतिपय कुरा भन्न र बोल्न पनि कठिन थियो। अहिलेको जस्तो खुला र भयमुक्त वातावरणको अवस्था होला जस्तो पनि लागेको थिएन। 

अपेक्षा
मैले राष्ट्रसेवकको रुपमा अपहरणको सामना गरें। शारीरिक कष्ट र मानसिक पीडा झेल्नु पर्यो। घरपरिवार र आफन्तलाई पीडा भयो। अबका दिनमा कुनै पनि राष्ट्रसेवकले यस्तो अवस्था सामना गर्नु नपरोस्।

द्वन्द्वमा धेरै कर्मचारीहरु परे। कयौंले ज्यान गुमाए। कति घाइते र अंगभंग भए। तिनका आश्रित परिवारको अवस्था कस्तो छ? त्यसको वास्तविक तथ्यांक त राज्यसँगनै होला। तर मुख्य कुरा कर्मचारी र तिनका आश्रित र पीडित परिवारले राहत महशुस गरे कि गरेनन भन्ने नै हो। सशस्त्र यद्धका सर्वोच्च कमाण्डर र शान्तिप्रक्रियाका एक हस्ताक्षरकर्ता मुलुकलाई शान्तिको राजमार्गमा डोहोर्‍याउँदै अहिले सिंहदरबारको प्रमुख बन्नुभएको छ। निजामती सेवा दिवसमा मेरो विश्वास यो छ कि द्वन्द्वको समयमा कष्ट, यातना र क्षति भोगको कर्मचारीले न्याय पाउनेछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • राम्रो दिन मेरो बिरुगल नپال को दिन कसरी आजसम्म मैले एक वास्तविक र सामान्य मूल्य कम्पनीबाट घर बनाउन को लागी एक पैसा कमाईएको थिएँ Albaker ऋण फर्म। म धेरै शुभ दिन हुँ र भगवान को लागी जोस लुइस ऋण कम्पनी। , मेरो नाम अब्दुल हो, म हेटौडा नेपाल शहर हुँ, म एक घर खरीद गर्न, गत 5 महिनाको लागि एक वास्तविक ऋण कम्पनी खोज्दैछु। सबै मलाई घोटालाको गुच्छा थियो जसले मलाई भरोसा राखे र अन्त्यमा दिनको दिन, तिनीहरूले पैसा फिर्ता नगरी मेरो पैसा लिनुभयो, सबै मेरो आशा गुमाएको थियो, मलाई भ्रष्ट र निराश लाग्यो, म इन्टरनेटमा ऋण कम्पनीहरु संग केहि गर्न चाहन्थेँ, त्यसैले म केहि देखि पैसा कमाउन गए। मित्र, मैले यो सबै कुरा भनेँ र उनले भन्यो कि उनले मलाई मद्दत गर्न सक्छन् कि त्यो एक ऋण कम्पनी हो कि मलाई ऋण को कुनै पनि राशि संग मदद गर्न सक्छ जान्दछ मेरो द्वारा 2% को एक धेरै कम ब्याज दर संग आवश्यक छ, त्यो सिर्फ एक उनको ऋण, उनीहरूले मलाई कसरी ऋणको लागी आवेदन गर्ने भनेर निर्देशन दिए, मैले गरे जसलाई उनले मलाई भनिन्, मैले उनीहरूलाई ईमेलमा आवेदन गरे: ([email protected]) मैले कहिल्यै विश्वास गरेन तर मैले प्रयास गरे र मेरो सबैभन्दा ठूलो आश्चर्य मैले 24 घण्टा भित्र ऋण पाए, म विश्वास गर्न सकेन, म खुसी र अमीर हुँ र म यस ऋणलाई भगवानलाई धन्यवाद दिदैछु जस्तै यो अझै पनि सबै घोटालाहरु मा यो घोटाला मा अवस्थित छ, कृपया म त्यहाँ सबैलाई सल्लाह दिनेछु जो जाने को लागी ऋण चाहिन्छ ([email protected]) तिनीहरू कहिल्यै कहिल्यै असफल हुनेछैन, र तपाईंको जीवनले मेरो परिवर्तनको रूपमा परिवर्तन गर्नेछ। आजको सम्पर्क ([email protected]) र तपाईंको ऋणबाट प्राप्त गर्नुहोस्, उनीहरूका वास्तविक ऋण प्रस्तावको लागि परमेश्वरले आशिष् Albaker ऋण फर्मलाई आशिष् दिनुहुन्छ।  सुनिश्चित गर्नुहोस कि तपाईं आफ्नो ऋण को लागि Albaker ऋण फर्म देखि संपर्क गर्नुहोस किनकि मैले सफलतापूर्वक यस कम्पनी ले मेरो ऋण लाई बिना तनाव को बिना।