|

उदयपुर : निर्माण कार्य सुरु भएको २३ वर्ष बित्दा पनि सगरमाथा लोकमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडक पूरा भएको छैन। ०५१ सालमा तत्कालीन स्वर्गीय प्रधामन्त्री मनमोहन अधिकारीले उदयपुरको सदरमुकाम गाईघाटको बोक्सेमा उदघाटन गरी निर्माण सुरु गरेको १ सय ५६ किलोमिटर सडकले हालसम्म पूर्णता पाउन नसकेको हो।

गाईघाट–दिक्तेल धुले ट्रयाकले जोडिँदा पनि सुनकोसी नदी पनि पक्की पुल बनेको छैन। पक्की पुल बन्ने कहानी सरकारी प्रक्रियामा मात्र सीमित छ। सुनकोसी नदीमा पक्की नहुँदा बर्सेनि हिउँदे बेलब्रिजको भरमा गाईघाट–दिक्तेल सीधा यातयात सञ्चाल हुन्छ।

तीन वर्षपहिले नै उदयपुरको गाईघाटदेखि रौतामाई गाँउपालिकको फोक्सिङटारसम्म ट्रायक खोलिको थियो। नेपाल सरकारको लगानीमा गाईघाट दिक्तेल सडक आयोजनाको कार्यलायले नै निर्माण गरेको सडक बर्सेनि छुट्टिने बजेट कार्यान्वय नहुँदा निर्माणमा ढिलाइ भएको कार्यालयको दाबी छ।

सरकारले सडकलाई महत्व दिए पनि बजेट नदिदाँ समस्या हुने गरेको गाईघाट दिक्तेल सडक आयोजना प्रमुख हरि पोखरेले बताए। ‘बर्सेनि मर्मत मात्रै हँ'दै आएको छ,’ उनले भने, ‘मर्मत गर्नेबाहेक अन्य काम भएन, बजेट पनि आएन, सरकारले मर्मतको लागि अन्य पैसा पनि दिएन।’

आयोजना प्रमुख पोखरेलले अबको तीन वर्षमा सडकको स्तरउन्नति गरेर पक्की(कालोपत्रे) गरिसक्ने गरी काम भइरहेको समेत जानकारी दिए। ‘विभिन्न प्याकेज बनाएर सडक स्तरउन्नतिसहित कालोपत्रे गर्ने कामका भइरहेको छ,’उनले पनि भने, ‘अहिले ठेकेदारले धमाधम काम गरिरहेका छन्।’

सगरमाथा लोकमार्गको उत्तर दक्षिण राजमार्ग(भारत र चीन जोड्ने बहुउद्देश्य सडकको रुपमा निर्मामाण थालिएको थियो। तर, यसको आवश्यकता र महत्व बुभ्mना नसक्दा निर्माणमा ढिलाइ भइरहेको दुवै जिल्लाका जानकारहरुको आरोप छ। उदयपुरका पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले भने, ‘निर्माणमा जसलाई आवश्यकता थियो, त्यसले वास्तै गरेको छैन, जुन खोटाङे नेताहरुले ध्यान दिनुपर्ने हो।’

उता, उदयपुरको फोक्सिङटारदेखि खोटाङसम्मको  करिब ५० किलोमिटर सडक स्विस र नेपाल सरकारको लागानीमा ट्रायक खुलेको हो। कच्ची सडक निर्माणमा करिब ६० करोड खर्च भएको बताइएको छ। फोक्सिङटार खोटाङ दिक्तेल सडकमा पक्की हुने कुनै सुरसार छैन। सरकारको प्राथमिकतामा नपरेका कारण लोकर्मागको काम नभएको खोटाङबाट प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको भनाइ छ।

‘सगरमाथा राजमार्ग सरकारको प्राथमिकता नपर्दा अहिलेसम्म पूरा हुन सकेको छैन’ संसद् भट्टराईले भने ‘प्राथमिकता परेको भए बजेट विनियोजन हुन्थ्यो, बजेट नै नभएपछि उदयपुरको भागमा काम भए पनि खोटाङको भागका ट्रयाक मात्र खुलेको छ, अब नयाँ सरकार बनेपछि पहल गर्नेछाँै।’

पक्की पुल नबन्दा बेलिब्रिजमा अर्बौँ सकियो

पक्की पुल नबनेपछि चौथो पटक बेलिब्रिज लगाइएको छ। उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चेबीचको फोक्सिङटारस्थित सुनकोसीमा चौथोपटक बेलिब्रिज जडान हुँदा झन्डै एक अर्ब रुपैयाँ सकिएको हो।

पुस महिनामा जडान हुने र जेठ महिना नलाग्दै झिक्ने बेलिब्रिज जडान हुने गर्दछ। यस वर्ष करिब ७५ लाखको लागतमा सगरमाथा कन्ट्रक्सनले बेलिब्रिज  जडान गरेको कन्ट्रकन्सका प्रोपाइटर प्रेम कार्कीको भनाइ छ। ‘बर्सेनि बेलिब्रज लगाउने खर्च त बढिहाल्छ नि, उनले भने, ‘गएको वर्षको जडान गरेको लागतमा यस वर्ष जडान सकिँदैन, बेलिब्रिच जडानमा मात्र झन्डै एक अर्ब सकियो होला।’

पक्की पुलनिर्माण कार्य थालिएको पाँच वर्ष भइसकेको छ। पुल निर्माणको लागि ठेकेदारले समेत डिजाइनमा समस्या देखाएको कारण पुल बन्न नसकेको पुलको जिम्मा पाएका पुल योजना पूर्वीसेक्टर कार्यालय धरान सुनसरीका इन्जिनियर विजय दराईले बताए।

 ‘ठेकेदार कम्पनी र कर्मचारीले बेवास्ता गरेको होइन,’ इन्जिनियर दराईले भने, ‘अहिले ०७४ असार मसान्तभित्र सक्ने गरी ठेक्का लागेको थियो तर, पुरानो डिजाइनले काम गरेन। इन्जिनियर दराईका अनुसार ०७० सालको पहिलो महिनाको पहिलो हप्तामै पुलको ठेक्का लागेको थियो। तर, २०६९ सालमा गरिएको डिजाइनै फेल भएपछि पुलको नयाँ डिजाईन गर्न झन्डै ४ वर्ष लागेको छ।

आर्कीब्रिज पुलको डिजाइन नयाँ आएको छ। आगामी ०७७ असार अन्तिममा सक्ने गरी तयारी थालेको पुल योजना पूर्वीसेक्टर कार्यालय धरानले जानकारी दिएको छ। कार्यालयका अनुसार राष्ट्रिय योजना आयोगको १६ करोडको आर्थिक लागतमा पुल बन्ने भएको छ। पुल बनाउनको लागि गौरा, पार्वती जेभी प्रालि काठमाडौंले जिम्मा पाएको छ।

दुवै जिल्लावासीलाई सास्ती

ट्रायक खुलेको वर्षौंसम्म सडक व्यवस्थित नहुँदा जोखिम मोलेर भए पनि यातायात सञ्चालन गर्नुपरेको व्यावसायीले गुनासो छ। ‘सडक गुणस्तरीय नभए पनि सर्वसाधरणको सुविधिाका लागि वस सञ्चालन गरिएको छ’ हिमाली यातायात व्यावसायी संघका कोषाध्यक्ष बिष्णु श्रेष्ठले भने, ‘सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्दासमेत वास्ता गर्दैनन्, त्यसैले यात्रुको सुविधालाई ध्यानमा राख्दै जोखिम मोलेरै बस सञ्चालन गरिएको छ।’

सगरमाथा राजर्माग नामाकरण गरिएको यो सडक समयमै सञ्चालन हुने हो भने खोटाङका सर्वसाधरणलाई तराई जाने सबैभन्दा छोटो मार्ग बन्नेछ। तर, सुरु भएको २३ वर्ष बितिसक्दा पनि निर्माण कार्य नसकिँदा सर्वसाधरण पैदल यात्रा गर्न बाध्य छन्।

खोटाङको सदरमुकाम दिक्तेललाई राष्ट्रिय सडक संजालसंग जोडने मुख्य लक्ष्याका साथ यो सडक निर्माण प्रारम्भ गरिएको थियो। तर १ सय ५६ किलोमिटर लामो लोकर्माग समयमै पुरा हुन सकेको छैन। सदरमुकाम दिक्तेललाई राष्ट्रिय संजालमा जोडेपनि दक्षिण क्षेत्रका झण्डै ३५ र उदयपुरको उत्तरी क्षेत्रका दर्जन बढि गाविसका सर्वसाधरण समस्यामा छन्।

सडक र पुल नबन्नुमा के भन्छन् स्थानीय?

पुल निर्माण थालेको पाँच वर्षसम्म नबन्नुमा सरकारी कर्मचारी र ठेकेदार दोषी भएको अरोप सर्वसाधारणले लगाएका छन्। पाँच वर्ष अघि ती वर्षभित्र निर्माण हुन्छ भनेको पुल अहिलेसम्म नबन्नुमा दोषी सरकारी कर्मचारी ठेकेदारको भएको स्थानीय रामकुमार राईले आरोप लगाए। ‘सरकारी पक्ष भन्छ, पुलको डिजाईन फेल भयो,’ उनले भने, ‘ठेकेदार भन्छ, सरकारी कर्मचारीले पुलको डिजाईन पहिला गलत दियो, अहिले दिएकै छैन।’

पक्की पुला नहुँदा पुर्वी तराईका जिल्ला सप्तरी, सिराहा आउन सिद्धिचरण लोकमार्ग हुँदै कटारी–घुर्मी–जयरामघाटको बाटो पर्कनुपर्छ। ‘हिउँदमा मात्र सिधै घाईघाट पुगिने हो,’ फोक्सिनटारका नारायण परियारले भने, ‘बेलिब्रिज झिकेपछि सीधा यातयात सबै ठप्प हुन्छ।’

खोटाङ उदयपुरका राजनीतिक दलले दुई चुनावमा फोक्सिनटार पुललाई चुनावी नारा बनाए। ‘सम्पन्न प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा पनि पुल बनाउन पहल गर्ने भाषण गरे,’ स्थानीय रामकुमार राउतले भने, ‘चुनाव जितेको नेतासमेत हराए।’

दुवै जिल्लामा पर्ने गाउँपालिका र प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचित संसदलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन। प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ उदयपुरमा सुरेशकुमार राई हिमाल छन् भने खोटाङतर्फ विशालकुमार भट्टराई छन। दुवै प्रतिनिधिसभा सदस्यलाई सम्पर्क हुन सकेन।  स्थानीयका अनुसार वेलाबखत त्यस क्षेत्रमा पुगेका दुवै जिल्लाका जनप्रतिनिधीहरुले पुल र सडक छिट्टै आधुनिक हुने बताउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.