|

दाङ : दाङमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म आयोगमा परेका उजुरीको आधारमा दाङमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचारका घटना हुने गरेको देखिएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरका अनुसार अहिलेसम्म परेका दाङका १०६ वटा उजुरीमध्ये सबैभन्दा धेरै २९ वटा उजुरी शिक्षा क्षेत्रका परेका छन्। कार्यालयका प्रमुख ईश्वर कार्कीले शिक्षापछि वन तथा भूसंरक्षणका २४ वटा उजुरी परेको जानकारी दिए।

यस्तै, संघीय मामिला तथा स्थानीय विकासका १३ वटा, भूमिसुधार व्यवस्थाका सात, सिँचाइको सात, स्वास्थ्यका छ, खानेपानी तथा सरसफाईका पाँच, भौतिक पूर्वाधार तथा यातायातका पाँचवटा उजुरी परेको आयोग प्रमुख कार्कीले बताए। 

यसैगरी पशुपंक्षीका तीन, शहरी विकासका दुई, ऊर्जाको एक, कृषि विकासको एक, गृहको एक, महिला बालबालिका तथा समाजकल्याणको एक, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी एक  उजुरी दर्ता भएका प्रमुख कार्कीले जानकारी दिए।

आयोगले सबैभन्दा बढी उजुरी बाँके जिल्लाका परेको तथ्यांक सार्वजनिक गरेको छ। बाँकेमा १६५, दाङमा १०६, बर्दियामा १००, रोल्पामा ३०, प्युठानमा पाँच गरी ४०६ वटा उजुरी परेको प्रमुख कार्कीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.