|

बागलुङ : जिल्लाका मुख्य व्यापारिक केन्द्रमा घडेरी करोडौं मूल्यमा खरिद बिक्री भए पनि मालपोत कार्यालयबाट न्युनतम मूल्यमा पास हुँदा राज्यलाई लाखौंको घाटा हुने गरेको छ।

बागलुङ सदरमुकाम, बुर्तिबाङ, कुश्मिशेरा र गलकोटलगायत विभिन्न ठाउँमा करोडौं रुपैयाँमा जग्गा किनबेच भए पनि सरकारी दररेटअनुसार कम दरमा पास हुँदा मालपोत कार्यालयलाई बर्सेनि लाखौं रकम कर घाटा हुने गरेको छ। बागलुङ बजारका मुख्य चोकमा जग्गा प्रतिहात झण्डै २० लाख रुपैयाँमा किनबेच भए पनि सरकारले तोकेको न्यूनतम मूल्यअनुसार पास नगर्दा राज्यलाई बर्सेनि लाखौं रुपैयाँ घाटा हुने गरेको हो।

सरकारले निर्धारण गरेको जग्गाको सरकारी दररेटको कार्यान्वयन नगर्दा जग्गाधनीले कर छली गरी बेचबिखन गर्ने वातावरण सिर्जना भएको सरोकारवालाहरू बताउँछन्। सरकारले जग्गाको न्यूनतम मूल्य तोके पनि वित्तीय संस्थाहरूले दररेटभन्दा दश गुणा ऋण दिँदा राज्यलाई ठूलो परिमाण्मा राजस्व घाटा हुने गरेको छ। बैंकहरूले जग्गामा बढी रकम लगानी गर्नु, पास गर्दा सरकारी दररेटमै पास गर्नुलगायत कारण बागलुङमा जग्गा किनेर घर बनाउन सक्ने अवस्था नरहेको स्थानीय रामबहादुर जिसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.