|

उदयपुर : सरकारी कार्यालयका परम्परागत उजुरीपेटिका प्रयोगविहीन बन्दै गएका छन्। सरकारी कार्यालयहरूमा कामकारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्तीका बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस् भन्ने उद्देश्यले राखिएका उजुरीपेटिका प्रयोगविहीन बनेका हुन्।

सुशासन, परदर्शी र जवाफदेहितको लागि मुख्यभूमिका खेल्ने उजुरी, गुनासो तथा सुझावपेटिका अहिले प्रयोगविहीन बनेका छन्। धुलोमैलो, माकुराको जालो भरिएको तथा मुसा र भित्तिको बासस्थान समेत बनेको भेटिन्छन्। उदयपुरका अधिकांश सरकारी कार्यालयका यस्ता पेटिका सबै औचित्यहीन बन्दै गएका छन्।सेवाग्राहीको धेरै चाप हुने उदयपुरको जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयका ती पेटिकामा न कहिले उजुरी पर्ने गरेका छन् भने न त कसैले गुनासो लेखेर बक्समा हाल्ने गरेको पाइन्छ।

कुनै पनि सरकारी कार्यालयमा सुझाव, गुनासोको एक टुक्रा पनि परेको नदेखिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। ‘हाम्रो कार्यालयमा पनि उजुरीपेटिका छ,’ उनले भने, ‘अहिलेसम्म कुनै उजुरी परेर खोलेको मलाई थाहा छैन।’ समय आधुनितातर्फ बढ्दै गएका कारण उजुरी नपरेको उनी बताउँछन्।

‘कुनै बेला सुझाव र गुनासोले भरिएका सुझावपेटिकामा जम्मा हुन्थ्ये। अहिले समय नै परिर्वतन भइसकेको छ। गुनासो, उजुरी तथा सुझाव बक्समा पर्दैन, अनि खोलिन्दैन’ , उनले भने।’ प्रशासन कार्यालय मात्रै होइन, सेवाग्राहीको चाप बढी हुने मालपोत, जिल्ला समन्वय समिति, नगरपालिका कार्यालय, निर्वाचन कार्यालय कतै पनि उजुरी र गुनासो पेटिकामा नखसेको वर्षै भइसेको बताइन्छ।

इमेल, फोनलले उजुरीपेटिका विस्थापित

सरकारी सेवा चुस्तदुरुस्त बनाउनको लागि प्रयाजसो ती उजुरीपेटिका राखिएका हुन। सबै सेवाग्राही सम्बन्धित अधिकारी र कर्मचारी समक्ष पुगेर गुनासो र उजुरी गर्न पाउन भनेर विशेष रूपमा उजुरीपेटिका राख्ने गरिन्छ। सरकारी कार्यालयहरूमा कामकारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्तीलगायतको बारे सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस र सुर्धान, ढिलासुस्ती गर्नै कर्मचारीलाई कारवाही गर्नको लागि पनि ति उजुरीपेटिका झुड्याउने गरिन्छ।

सरकारी मात्रै नभई सेवा प्रदायक कार्यालयमा यस्तो पेटिका राख्ने कानुनी प्राबधान छ । तर, पछिल्लो समय सूचना प्रविधिको विकास र नागरिकमा चेतनाको बृद्धिकै कारण सुझाव पेटिका प्रयोगविहीन भएको उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ। ‘सेवाग्राहीको केही गुनासो भए गुनासो सुन्ने अधिकारी, सूचना अधिकारी तथा कार्यालय प्रमुखलाई सिधै मौखिक रुपमा सेवाग्राहीले कुरा राख्न पाउँदछन,’ उनले भने, ‘गुनासो तथा उजुरीपेटिकामा किन लेखेर हाल्नु पर्‍यो त!’

अधिकांश सरकारी कार्यालयमा सूचना अधिकारीका अनुसार सेवाग्रही पनि धेरै सचेत भइसेका छन। ‘कार्यालयको सेवामा चित्त नबुझे प्रमुखलाईनै भेटेर गुनासो र उजुरी गर्छ,’ जिल्ला वन कार्यालय उदयपुरका सूचना अधिकारी लालबाबु यादवले भने, ‘कोही लेखेर कार्यालयको इमेलमा पठाउँछन भने कोही सिधै फोन गरेर भन्न पाउने प्रविधिको विकास भएको छ।’

इमेल, फोनले हिजोआज चिठ्ठीपत्रसमेत हराउन थालेका छन्। जिल्ला हुलाका कार्यालयका उदयपुर प्रमुख किशोर श्रेष्ठले सरकारी कार्यालयका मात्र चिठ्ठीपत्र आउन जाने बताए। ‘मैले मेरै कार्यालयका अति आवश्यक चिठ्ठीहरू स्क्यान गरेर मेल गर्छु,’ उनले भने, ‘चिठ्ठीपत्र पुग्नुभन्दा अगाडि नै इमेलबाट छिटो पठाउन सकिन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.