|

ओखलढुंगा : ओखलढुंगामा शनिबार  ट्रिपर खसेर एक जनाको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका-५ बर्नालुमा ट्रिपरबाट खसेर एक जनाको मृत्यु भएको हो।निमार्णधीन सडकमा माटो बोक्न प्रयोग गरिएको बा २ ख ९५६४ नम्बरको ट्रिपरबाट खसेर सोलुखुम्बु दूधकुण्ड नगरपालिका-८ का १९ वर्षीय विवाइसी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

मदजुरीका लागि सोलुखुम्बुबाट ओखलढुंगा आएका तामाङ गुडिरहेको ट्रिपरमा चढ्न खोज्दा भुँइमा खसेका थिए। उनलाई ट्रिपरको टायरले च्याप्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक टीका कार्कीले  जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.