|

काठमाडौं : उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राज्यकोषबाट करिव १५ करोड रुपैयाँ बाँड्ने तयारी गरेका छन्। मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफूनिकटका विद्यार्थीलाई उक्त रकम बाँड्न लागेको समाचार स्रोतले बतायो।

‘नयाँ सरकार बन्ने दिन नजिकिँदै जाँदा उनले मापदण्ड नपुगेका आफ्ना तजबिजीका विद्यालयलाई पुस्तकालय भवन, ल्याब निर्माणलगायतका विषयमा रकम बाँड्न लागेका हुन्,’ स्रोत भन्यो।

मन्त्रालयमै बजेट अभाव भइरहेका अवस्थामा मन्त्री श्रेष्ठले यसका लागि मन्त्रालयबाट बजेट निकासाका तयारी गरेपछि जानै लागेको मन्त्रीले मनपरी निर्णय गर्दा दीर्घकालीन असर पर्ने भन्दै मन्त्रालयका उच्च अधिकारीले विरोध गरेका छन्। तर, विरोध आए पनि उनले सचिव र सहसचिवलाई दिनहुँजसो फाइल तयार गर्न दबाब दिने गरेका छन्।

जतिसुकै विरोध भएपनि मन्त्रीले अफनो कार्यकालमा रकम बाँडेरै छाड्ने अडान राखेपछि सहसचिव एवं बजेट महाशाखाका प्रमुख डा. डिल्ली रिमालले यसका लागि फाइल तयार गरेकाे बुझिएको छ। यसका लागि मन्त्रलयका सचिव मधुरमण रेग्मी र केही सहसचिवसमेत लागिरहेका छन्। सहसचिव रिमालले मन्त्री कै कार्यकालमा बजेट वितराण गर्ने गरी विद्यालयका नामावली संकलन गरिरहेका छन्।

मन्त्री श्रेष्ठले गत बिहीबार पनि सचिव रेग्मी र सहसचिव रिमाललाई आफ्नो कार्यकक्षमै बोलाएर तत्काल फाइल तयार गर्न निर्देशन दिएका थिए। ‘मन्त्रीज्युले सचिव रेग्मी र सहसचि रिमाललाई पटक–पटक कार्यकक्षमा बोलएर विद्यालयको नाम तयार भयो त? भनेर सोध्ने गर्नुभएको छ।’ समाचार स्रोतले भन्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.