|

जनकपुरधाम : नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राष्ट्रियसभा सदस्य प्रदेश– २ का सम्पूर्ण उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। 

माघ १० गते भएको मनोनयन दर्ताको क्रममा प्रदेश– २ मा खुलामा मात्रै प्रतिस्पर्धा रहेको प्रदेश सदस्य पदमा संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसैनले आइतबार उम्मेदवारी फिर्ता लिएपछि सबै आठ जना निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए।

प्रदेश– २ बाट आठ पदका लागि नौ जनाले उम्मेदवारी दर्ता गराएका थिए, जसमध्ये चार जना यसअघि नै निर्विरोध भएका थिए।  खुलामा राजपाबाट रमेशप्रसाद यादव, कांग्रेसबाट जितेन्द्रनारायण देव, एमालेबाट सुमनराज प्याकुरेल र संघीय समाजवादी पार्टीबाट मोहम्मद अख्तर हुसैन प्रतिस्पर्धामा थिए।

मनोनयनकै दिन अल्पसंख्यक कोटामा राष्ट्रिय जनता पार्टी नेपालबाट वृशेषशचन्द्र लाल, महिला कोटामा नेपाली कांग्रेसकी नेतृ मुक्ता यादव, माओवादी केन्द्रकी शशिकला दाहाल र दलित कोटामा संघीय समाजवादी फोरम नेपालबाट रामप्रीत पासवान निर्विरोध भएका थिए। 

उनीहरू औपचारिक रूपमा निर्वाचित भएको माघ २४ गते साँझ मात्रै घोषणा गरिने प्रदेश– २ का प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए। यस प्रदेशमा ३७९ जना मतदाता रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.