प्रजिअ ३ दिनदेखि निवासमै

|

रुकुम : बिहीबार रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट सार्ने सरकारको निर्णयविरुद्ध रुकुमकोटमा आन्दोलन झन चर्किंदै गएको छ। आइतबार सदरमुकाम रुकुमकोटमा जिल्ला अदालतबाहेक सबै सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ भने बजारमा लाठी जुलुस प्रदर्शन भएको छ। 

आफूहरूको आन्दोलनमा दिन प्रतिदिन सहभागिता जारी रहेको र निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका सदस्य केशवचन्द्र समालले जानकारी दिए। 

सरकारले रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा– १२ गोलखाडामा सार्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरुद्ध रुकुमकोटका स्थानीयवासीहरूले राती मशाल जुलुस र दिउँसो आन्दोलन गर्दै आएका छन्।

रुकुमपूर्व जिल्लामा रहेका सबै सरकारी कार्यालयहरूसहित यातायात, शैक्षिक संस्थालगायतका सेवा पनि ठप्प पारिएको छ। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले आन्दोलनका कारण आफूलाई तीन दिन बाहिर निस्कन नदिएर निवासभित्रै रहेको बताए।

उनका अनुसार आन्दोलनकारीहरूले प्रशासनको गेटमा दिनरात धर्ना दिइरहँदा यस्तो अवस्था सृजना भएको हो। यसका कारण आइतबार पनि प्रशासनमार्फत सर्वसाधारणको कुनै पनि काम हुन पाएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.