|

डडेल्धुरा :  डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्। सोमबार राति ८ बजेतिर मलामी बोकेर फर्किरहेको से १ त ८९०८ नम्बरको ट्रयाक्टर अमरगढी नगरपालिकास्थित बागबजार र स्याउलेको बीचमा दुर्घटना भएको हो।

दुर्घटनामा परी अमरगढी नगरपालिका ८ टाटरका ३३ वर्षीय लालबहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइते हुनेमा शिव दमाई, दिलिप दमाई, दिपक ढोली, मनोज दमाई, हरी दमाई, सन्तोष दमाई, प्रकाश दमाई र विरेन्द्र नेपाली रहेका छन्। 

घाइतेहरुको उपचार डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जाेशीले जानकारी दिए। उनका अनुसार शवको सेति नदिमा दाहसंस्कार गरी फर्किदा ट्रयाक्टर अनियन्त्रित भई नालीमा पल्टिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.