|

पाल्पा : पाल्पामा भरुवा बन्दुकले भिनाजुको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जना धरौटीमा छुटेका छन्। जिल्ला अदालत पाल्पाले तिनाउ गाउँपालिका–६ मस्यामका ३६ वर्षीय बालबहादुर लम्तरीलाई १८ हजार ५ सय धरौटीमा छाडेको हो।

गत पुस १७ गते सोमबार तम्तरिले चलाएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँका ६२ वर्षीय धनबहादुर थापाको मृत्यु भएको थियो। भवितव्य ज्यानसम्बन्धी मुद्दा चलाइएका उनलाई धरौटीमा छाडेको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार सूर्वण खनालले जानकारी दिए। यद्यपि प्रहरीले भने कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालत पेश गरेको थियो। अनुसन्धानमा नियोजित नभई घटना अञ्जानमा घटेको देखिएको आधारमा अभियुक्त थापालाई धरौटीमा छाडेको श्रेस्तेदार खनालले दाबी गरे।

अभियुक्त लम्तरी माघ १२ गते जिल्ला न्यायधीश शंकरराज बरालको आदेशमा धरौटीमा छुटेका छन्। मस्यामको छतिवन जङ्गलमा बाँदरलाई ताकेर प्रहार गरेको बन्दुकको गोली लागेर नाता सम्बन्धले भिनाजु पर्ने थापाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.