|

जनकपुरधाम : नेपाली कांग्रेसका योद्धा दुर्गानन्द झालाई सरकारले ५२ वर्षपछि शहीद घोषणा गरे पनि उनको समृतिमा निर्माण गर्ने भनिएको प्रसूति गृहको काम अझै सुरु भएको छैन। झन्डै डेढ वर्ष तत्कालीन स्वास्थ्य मन्त्री गगन थापा गाँउमै पुगेर शहीद झाको स्मृतिमा प्रसूति गृहको निर्माण कार्य केही दिनभित्रै सुरु हुने घोषणा गरे पनि अहिलेसम्म कुनै छाँटकाँट देखिएको छैन।

स्वास्थ्य मन्त्री गगन थापाले विद्यालयमा पढ्ने क्रममा दुर्गानन्द झाको बारेमा सिकाउँदै पञ्चायतविरुद्ध आन्दोलनको लागि प्रोत्साहन दिने दुर्गानन्दको स्मृतिमा दुई साता भित्रमै काम थालिने विश्वास दिलाएको थियो तर अझै पनि अस्पताल निर्माण नहुँदा सो जग्गा अलपत्र नै रहेको छ।

पञ्चायती शासकविरुद्ध प्रजातन्त्रिक संघर्षमा लागेर बलिदानी दिएका शहीद दुर्गानन्द झा राजनीतिक प्रेरणाको स्रोत रहेको भन्दै मंसीर ६ गते तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले उनको जन्मस्थल धनुषाको जटही पुगेर उनको परिवारसँग भेटघाटका साथै दुर्गानन्दको स्मृतिमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले ७ वर्षअघि घोषणा गरेको १५ शय्याको प्रसूति गृह निर्माणको घोषणा कार्यान्वयन गर्ने मन्त्री थापाले प्रतिबद्धता जनाए पनि सो भाषणमा मात्र सीमिति देखिएको छ। 

जग्गाको नाप नक्सा, माटो परीक्षण लगायतका काम भएको लामो समय बितिसके पनि काम अझै अघि नबढ्नु दुःखद रहेको नेपाली कांग्रेस निकटका विद्यार्थी नेता प्रवेश चौधरीको भनाइ छ।

पञ्चायती शासन व्यवस्थाको विरोधमा नेपाली कांग्रेसले सुरु गरेको क्रान्तिका वेला २०१८ साल माघ १९ गते जनकपुरमा राजा महेन्द्रलाई लक्षित गरेर बम प्रहार गरेको आरोपमा २०२० साल माघ १५ गते तत्कालीन सरकारले केन्द्रीय कारागारमा दुर्गानन्द झालाइ फाँसी दिएको थियो।

मृत्यु भएको ५२ वर्षपछि सरकारले शहीद घोषणा गरे पनि यो स्मारकबाहेक शहीद दुर्गानन्दलाई स्मरण गराउने अहिलेसम्म कुनै ठोस काम नभएको स्थानीय भोगी कापडको गुनासो रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.