|

जनकपुरधाम : प्रदेश- २ का प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न गर्न प्रदेशसभा जेष्ठ सदस्यसहितको बैठक आह्वान गरेको छ।

मंगलबार प्रदेश प्रमुखको कार्यालयमा संघीय संसद सचिवलायका सहसचिवको नेतृत्वमा आएका पदाधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख, डिभिजन इन्जिनियर तथा कर्मचारीहरूको बैठकले २१ गतेको प्रदेशसभा अधिवेशनका लागि जेष्ठ सदस्यसहित प्रत्येक प्रमुख दलबाट तीन/तीन जना सम्मिलित बैठक बोलाएको हो।

प्रदेशसभा सदस्यहरूको बैठकबाट पहिलो अधिवेशन (बैठक)लाई भव्यता प्रदान गर्न आवश्यक छलफललगायत अन्य मुद्दामा बैठक केन्द्रित रहने जनाइएको छ। बैठक माघ १८ गते बिहीबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालयको प्रांगणमा रहेको अधिकृत संगमको सभाहलमा बोलाइएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.