|

सुर्खेत : सरकारले कुपोषण बढी हुने पहाडी तथा हिमाली जिल्लामा जापानी चाम वितरणको तयारी गरेको छ। सुर्खेतसँगै कर्णालीमा कुपोषण कम गर्न सरकारले सस्तो मूल्यमा जापानी सहयोगको चामल वितरण गर्न लागेको हो। जापान सरकारले सहयोग स्वरुप दिएको चामलको पहिलो खेप वीरगंज आइपुगेको नेपालल खाद्य संस्थानले बताएको छ।

संस्थानको केन्द्रीय कार्यालयकी वरिष्ठ अधिकृत ज्ञानु थापाले जापान सरकारले सहयोगबापत पठाएको ५१ हजार ७ सय ४० क्विन्टल चामल वीरगंज सुक्खा बन्दरगाहमा आइपुगेको बताइन्। उनका अनुसार जापानी सहयोगको उक्त चामक पोषणयुक्त रहेकाले खाद्यान्न अभाव हुने जिल्लामा पठाउने तयारी भइरहेको छ। ‘वीरगंज, काठमाडौं, नेपालगंज र सुर्खेतमा उक्त सहयोगको चामल भण्डारण गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ उनले भनिन्, ‘भण्डारण गरिएका ठाउँबाट केही दिनमै कुपोषण बढी हुने पहाडी तथा हिमाली जिल्लामा वितरण गर्छौं।’ उक्त चामलले कुपोषण घटाउनुका साथै खाद्यसुरक्षको प्रत्याभूति दिने विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.