|

सिमरा : बाराको केन्द्रका रूपमा रहेको सिमरा स्वास्थ्य केन्द्रमा ५ रुपैयाँ शुल्कले दक्ष चिकित्सकबाट उपचार हुने थालेपछि स्थानीय आकर्षित भएका छन्। ‘नागरिकको अधिकार सुलभ उपचार’को अभियानस्वरूप केन्द्रले आधुनिक प्रविधि र दक्ष चिकित्सकबाट उपचार थालेपछि नजिकै रहेका निजी अस्पतालका बिरामीको समेत सिमरा पीएचसी सिमरामा भीड लाग्ने गरेको छ।

जटिल र ठूला रोगका बिरामीबाहेक अन्य सेवाग्राहीले स्वास्थ्य केन्द्रमा नै सेवा लिन थालेपछि निजी अस्पतालको शाख सिमरामा घटेको छ। स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकको क्षमता बराबरको निजी अस्पतालमा उपचार गराउँदा ३ देखि ५ सयसम्म प्रतिव्यक्ति शुल्क र औषधिसमेत खरिद गर्नुपर्ने तर स्वास्थ्य केन्द्रमा ५ रुपैयाँमा उपचारसहितको निःशुल्क औषधि पाउन थालेसँगै यहाँका बिरामी सानाठूला समस्या बोकेर स्वास्थ्य केन्द्र नै धाउन थालेका छन्।

केन्द्रमा सरकारले उपलब्ध गराएका ५८ प्रकारका औषधि निःशुल्क र ४८ प्रकारकार ल्याब परीक्षण निजी अस्पतालभन्दा ५० प्रतिशत सस्तो दरमा परीक्षण भएपछि ग्रामीण क्षेत्र मात्र नभई बजारका सामान्यदेखि सम्पन्न वर्गका मानिसहरूले समेत सबैखाले सेवा यहाँबाट लिन थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.