|

लहान (सिरहा) : लहान नगरपालिका–६ मा एक युवक तीन दिनदेखि बेपत्ता छन्। सोमबार साँझ ५ बजेतिर घरबाट निस्किएका २६ वर्षीय राकेशकुमार यादव बेपत्ता भएका हुन्। ‘आफन्त, नातागोता लगायत सबै ठाउँ खोजिसक्यौँ, कतै फेला पार्न सकेनौँ’ राकेशका बाबु गुरुदेव यादवले सुनाए। 

सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका–१ कचनारी पुर्ख्यौली घर भएका राकेश पछिल्लो केही महिनादेखि लहानस्थित घरमा बस्दै आएका थिए। 

परिवारमा चार भाइमध्ये साहिंलो राकेशले चलाउँदै आएका एनसेलको मोबाइल सोमबार साँझदेखि नै 'स्वीच अफ' रहेकाले परिवार सशंकित रहेको उनका बाबु बताउँछन्। ‘कतै फेला पार्न नसकेपछि प्रहरीमा निवेदन दिएको छु’ उनले भने। 

इलाका प्रहरी कार्यालय लहानले बेपत्ता भएका राकेशको हुलियाको आधारमा खोजी गर्न मातहतका प्रहरी युनिटहरुलाई जानकारी गराएको  छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.