|

कालिकोट : मुगुको रारा (ताल्चा) विमानस्थलमा घेराबार नहुँदा जोखम बढेको छ। घेराबार नहुँदा विमान उड्ने र ल्याण्ड हुने समयमा विमानस्थलमा गाईवस्तु जाने जोखिम बढेको हो।

दैनिक २ देखि ५ वटा जहाज ल्याण्ड हुने विमानस्थलमा घेराबार नहुँदा समस्या भएको विमानस्थल प्रमुख गणेश अर्यालले बताए। ‘दैनिक २ देखि ५ वटा जहाज ल्याण्ड हुने गरेका छन्।’ उनले भने, ‘घेरवार नहुँदा समस्या भएको छ।’

घेराबार नभएकाले जहाज आउँदा सुरक्षाकर्मीले नै घेराबारको काम गर्दै आएका छन्। यस्तो अवस्था रहिरहने हो भने कुनै पनि समयमा दुर्घटनाको जोखिम रहेको विमानस्थल सुरक्षा प्रमुख प्रहरी नायव निरीक्षक अनु ऐरीले बताए। ‘घेरबार नहुँदा विमानस्थलमा स्थानीय मानिस तथा चौपाया ओहोर–दोहोर गर्छन्।’ उनले भने, ‘हवाइजहाज आउँदा  कुकुर अथवा कुनै जनावर वा मान्छे दौडिदियो भने जुनसुकै बेला ठूलो दुर्घटनाको खतरा हुन सक्छ।’

विमानस्थलमा टर्मिनल भवनको समेत समस्या छ। सानो एक तले काठको टहरोभित्र बसेर सामान्य मेसिनको भरमा काम गरिरहेको प्रमुख अर्यालले बताए। ‘उपकरणको कमी, म्यानडिस्प्ले मेसिन नहुनु, इमेल इन्टरनेट सेवाको अभाव, सुविधा सम्पन्न टर्मिनल भवन नहुनुले काम गर्न निकै अप्ठ्यारो भएको छ।’ उनले भने, ‘विमानस्थलमा सूचना आदानप्रदान गर्न नै समस्या छ।’

०३८ सालमा स्थापना भएको विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको भएपनि घेरबारका लागि केही व्यवस्था छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.