|

लहान : जिल्ला अदालतले सिरहाको गोलबजार नगरपालिका–५ का एक व्यक्तिलाई किशोरी बलात्कारको अभियोगमा ६ वर्ष कैद सजायसहित क्षतिपूर्तिको फैसला सुनाएको छ। 

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले गोलबजार नगरपालिका ५ का ५५ वर्षीय चन्दर साहलाई ६ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्तिसहितको फैसला गरेको जिल्ला सरकारी वकिलको कार्यालय सिरहाले जनाएको छ।

वैशाख १५ गतेदेखि किशोरीलाई पटक पटक बलात्कार गर्दै आरोपसहित पीडित परिवारले सिरहास्थित जिल्ला प्रहरी कार्यालयमा जेठ २६ गते जाहेरी दिएपछि साह पक्राउ परेका थिए। प्रहरीले किटानी जाहेरी परेपछि किशोरीको त्यही दिन स्वास्थ्य परीक्षण गरी आरोपी साहलाई पक्राउ गरेको थियो।

साह सिरहा जिल्ला अदालतको आदेशमा पछिल्लो असार १९ गते देखि पुर्पक्षका लागि जिल्ला कारागारमा थिए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.