देउराली फर्मास्यूटिकल्समा १ अर्ब ३१ करोड लगानी

|

काठमाडौं :  विज्ञ तथा औषधि उद्योगीहरुकाअनुसार औषधिका लागि नेपालमा रहेको कच्चा पदार्थको प्रयोग पूरै गर्दा ६५ प्रतिशत औषधि उत्पादन गर्न सकिन्छ। अहिले नेपालको औषधि बजारमा ४५ प्रतिशत स्वेदशी उद्योगले धानेको छ। औषधिको आधाभन्दा बढी हिस्सा विदेशी बजारको भर पर्नुपरेको छ।

औषधि उद्योगमा लगानीकर्ताहरुको आकर्षण बढ्दो देखिन्छ। संचालनमा रहेका उद्योगहरुले क्षमता अभिवृद्धि गर्दै गएका छन्। निजी क्षेत्रले २०४७ पछि अन्य उद्योगहरुमा जस्तै औषधि उद्योगमा पनि लगानी बढाएको हो। २०४५ सालमा स्थापना भएको औषधि उद्योग देउराली फर्मास्यूटिकल्सले उत्पादन सुरु गरेको २७ वर्ष भएको छ।  

पहिले औषधि उद्योग स्थपना गर्नेको लागत कम र पछि गर्नेको बढी हुनु स्वभाविक देखिन्छ। देउराराली फर्मास्यूटिकल्सले २७ औँ वार्षिकोत्सवमा सार्वजनकि गरेको तथ्यांकअनुसार यो उद्योगमा १ अर्ब ३८ करोड ८८ लाख रूपैयाँ बराबरको लगानी भएको छ। जसमा चालु पुँजी ५७ करोड १४ लाख र चुक्ता पुँजी ७४ करोड ७३ लाख रुपैयाँभन्दा बढी रहेको छ।

देउराली जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माकाअनुसार क्षमताको ६५ प्रतिशत उत्पादन यो उद्योगले गर्दै आएको छ। झोल औषधिहरु, ट्यावलेट, क्याप्सुल, ड्राइ पाउडर र मल्हम गरी पाँच प्रकारका ३२० थरिका औषधि उत्पादन गर्दै आएको छ। हाल यो उद्योगमा ४५० जना कर्मचारी छन्।

कति छ नेपालको औषधि उद्योगमा?

हाल नेपामा ४० वटा औषधि उद्योग संचालनमा रहेका छन्। ४० औषधि उद्योगले ४५ प्रतिशत बजार हिस्सा अगटेको छ। साथै लामो समयदेखि बन्द रहेको सरकारको स्वामित्वको नेपाल औषधि लिमिटेड पनि संचालनमा आएको छ।

संचालनमा रहेका केही उद्योगको २ अर्ब रुपैयाँभन्दा बढी लगानी पुगेको छ भने केहीको अर्ब समेत पुग्न सकेको छैन। तथापि औषधि उद्योगमा ३५ देखि ४० अर्ब रुपैयाँ बराबरको लगानी रहेको नेपाल औषधि उत्पादक संघको तथ्यांक छ।

कति लाग्छ एउटा औषधि उद्योग स्थापना गर्न?

ठाँउ र परिवेशअनुसार लागत तलमाथि हुने भएता पनि लोम फर्मास्यूटिकल्सका प्रवन्धक तथा औषधि उद्योगी प्रवलजंग पाणेडेका अनुसार एउटा सामान्य औषधि उद्योग खोल्नको लागि ६५ देखि ७० करोड रुपैयाँ लगानी हुन्छ। सामान्यतया ५ रोपनी जग्गा आवश्‍यक पर्छ। जसअनुसार जग्गा खरिदमा औषत १६ करोड रुपैयाँ लागत लाग्छ। भवन निर्माणको लागि १० करोड, ल्याव निर्माणको लागि ५ करोड र अन्य प्राविधिक तथा ६ महिना बजार संचालनको लागि ३० देखि ३५ करोड रुपैयाँ लाग्ने पाण्डे बताउँछन्।

के छन् समस्या?

औषधि उद्योगीहरुका अनुसार नेपालको औषधि उद्योगको सबैभन्दा ठूलो समस्या भनेको उत्पादन मूल्य नै हो। उद्योगी पाण्डे भन्छन् 'औषधि उत्पादनमा ३० देखि ३५ प्रतिशत प्याकेजिङ लागत हुने गर्छ। तर प्याकेजिङ म्याटे आयात गर्नुपर्ने र त्यसमा भ्याट छुट नभएको कारण महंगो परेको छ', पाण्डेले प्याकेजिङ म्याटरमा भन्सार घटाउन सक्दा उत्पादन मूल्य घट्ने र विदेशी औषधिसँग प्रतिस्पर्धा गर्न सहज हुने बताए।

उद्योगी हरिभक्त शर्मा नेपालको औषधि निर्यातमा मुख्य समस्या रहेको गुनासो गर्छन्। 'सबै औषधि सबै ठाँउमा उत्पादन हुँदैनन तर हाम्रा औषधि छिमेकी देशहरुको नीतिको कारण निर्यातमा समस्या परेको छ, सरकारले भने टुलुटुलु हरेर बसेको छ', शर्माले भने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.