|

काठमाडौं : माघ शुक्ल पूर्णिमा अर्थात् एक महिनादेखि चलिरहेको स्वस्थानी व्रत आज सम्पन्न भएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएर एक महिनासम्म चलेको व्रत विधिवतरूपमा आज समापन भएको हो।

नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श्रीस्वस्थानी देवीको विशेष आराधना गरिन्छ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ।

आज स्वस्थानी व्रतसँगै माधवनारायण पर्व समापन गर्ने दिन हो। व्रत अवधिमा श्रद्धालुहरु भक्तपुरको हनुमानघाटलगायत काठमाडौं उपत्यकाका विभिन्न तीर्थस्थल तथा नदीहरूमा गएर नुहाई पवित्र भएर माधवनारायणको उपासना गर्ने गर्दछन्।

फोटोमा भक्तपुरको हनुमान घाटमा गरिएको माधवनारायणको समापन 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.