|

जनकपुरधाम : प्रदेश-२ का प्रमुख रत्नेश्वरलाल कायस्थले जैविक विविधताले भरिपूर्ण चुरे क्षेत्रमा दिन प्रतिदिन अतिक्रमण बढ्नुका साथै वनजंगल मासिँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

थाहा नेटवर्कसँग कुराकानी गर्दै प्रदेश प्रमुख कायस्थले कृषिजन्य वस्तुको उत्पादन बढाउन र वातावरण संरक्षणका लागि अब बन्ने प्रादेशिक सरकारले चुरे संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

उनले भने, ‘मधेसको लाइफलाइन चुरे रहेको हुनाले प्रदेश सरकारको पहिलो प्राथमिकता नै यसको संरक्षण र सम्बद्र्धन हुनुपर्छ।’ उनले थपे, ‘चुरे संरक्षण भए त्यसको प्रत्यक्ष प्रभाव कृषि र पर्यावरणमा पर्नेछ। थोरै जनशक्तिमा कृषि क्षेत्रलाई उत्पादनमूलक, व्यवसायीकरण तथा उद्योग धन्दालाई बढावा दिएमा देश र प्रदेश केही वर्षभित्रै  आर्थिक रुपमा समृद्ध हुनेमा शंका छैन।’

प्रदेशको समृद्धिका लागि वीरगञ्जमा मात्र नभई उद्योग धन्दालाई अन्य सहरहरुमा पनि विकास र विस्तार गर्नुपर्ने आवश्यकताउपर जोड दिए। चुरे संरक्षण, उत्पादनमूलक व्यावसायिक कृषि र उद्योग धन्दाको विस्तारका साथै पर्यटन क्षेत्रका रूपमा पनि विकास गर्नुपर्ने आवश्यकता रहेको प्रदेश प्रमुख कायस्थले धारणा प्रकट गरे।

मिथिला र भोजपुराको आफ्नै विशिष्ट पहिचान, भाषा, सांस्कृति पनि समृद्ध रहेको भन्दै प्रदेश नं. २ का प्रमुख कायस्थले जनकपुर, सिमरौनगढ, सलहेश पूmलबारी लगायतका ऐतिहासिक स्थलहरुको प्रचारप्रसार र पर्यटकीय गनतव्यको रुपमा विकास गर्नुपर्ने औँल्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.