अर्थ

वर्गीकरणमा पर्नुभयो? अब तपाईंको घर प्राधिकरणले बनाइदिनेछ
SHARES

जग्गा किन्न २ लाख रुपैयाँ उपलब्ध गराइने

फोटो: फाइल
माघ १७, २०७४

    काठमाडौं : पुनर्निर्माण प्राधिकरणले चार किसिमका असहायलाई आफैँ घर बनाइदिने भएको छ। सरकारले दिएको अनुदान उपयोग गरी घर बनाउन नसक्नेहरूलाई प्राधिकरण आफैँले घर बनाइदिने नीति अवलम्बन गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले जानकारी दिए।

    कोको पर्छन् वर्गीकरणमा?

    प्राधिकरणले ७० वर्ष नाघेका वृद्धवृद्धा, ६५ वर्ष नाघेका एक महिला, अपांग भएका र १६ वर्षमुनिका बालबालिका गरी चार प्रकारका भूकम्पपीडितको  वर्गीकरण गरेको छ। यी चार प्रकारको वर्गीकरणमा परेका र उनीहरूलाई सहायता दिने अरू मान्छे नभएको अवस्थामा प्रधिकरणले घर निर्माण गर्नेछ।

    यसका लागि अहिले तथ्यांक संकलनको काम भइरहेको भुसालले बताए। माघ १६ गतेसम्म ४०० जना पीडित यो वर्गीकरणमा परेका छन्। 'चार सय जना यस्ता पीडित हामीले पाइसकेका छौँ, थप निवेदन पनि सकंलन गरेर हामीले काम अघि बढाउनेछौँ', भुसालले भने। यस्ता पीडितलाई प्राधिकरणले एक तले घरमा दुईदेखि तीन कोठेसम्मको घर बनाइदिने प्रतिवद्धता जनाएको छ।

    पुनर्निर्माण प्रधिकरणले आगामी असार मसान्तभित्र तेस्रो किस्तावापतको रकम पनि वितरण गरिसक्ने लक्ष्य राखेअनुरूप यही समयभित्र यस्ता घर निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ। 'हामीले असार मसान्तभित्र यस्ता घर निर्माण गरिक्ने लक्ष्य राखेका छौँ, यसका लागि परोपकारी संस्थाको खोजिमा छौँ', ज्ञवालीले भने।

    जग्गा किन्न २ लाख रुपैयाँ उपलब्ध गराइने

    पुनर्निर्माण प्राधिरकणले जोखिमपूर्ण वस्तीमा रहेका तर जोखिम नभएको स्थानमा पीडितको जग्गा नभएका जग्गा किन्न दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। १० वा सोभन्दा बढी घर भएको वस्ती पुनर्निर्माण प्रधिकरण आफैँले स्थानान्तरण गर्ने र त्यो संख्याभन्दा कम भएको स्थानका पीडितलाई रकम दिने कार्यविधि प्रधिकरणले बनाएको छ।

    सीईओ भुसालका अनुसार अहिले रहेको स्थान जोखिमपूर्ण भएको र जोखिम नभएको क्षेत्रमा जग्गा नभएका पीडितलाई दुई लाख रुपैयाँ जग्गा किन्नलाई रकम उपलब्ध गराइनेछ। त्यस्तै घर बनाउनका लागि प्राधिकरणको कार्यविधिअनुसार (तीन लाख) अनुदान उपलब्ध गराइनेछ।

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]