|

बुटवल : प्रदेश-५ को संसद् बैठक २१ माघमा  बस्ने भएपछि संसद् भवन र सचिवालयस्थल तयार पार्न थालिएको छ। बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको सभाहललाई संसद् भवन र संघको सचिवालय भवनलाई संसद् सचिवालय बनाइएको छ।

संसद् सचिवालयको टोली बुटवल आएर २१ माघमा बस्ने बैठकको तयारीस्वरुप संरचनाको तयारी थालेको हो। संसद् बैठक बस्नका लागि सभामुखको कुर्सी, रोस्टम, सांसद् बस्ने कुर्सी र अन्य कुर्सी व्यवस्थापनका साथै भवन आसपासमा सरसफाई र रंगरोगन थालिएको छ।

संसद सचिवालयका सहसचिव तथा प्रदेश नम्बर पाँचको संसद् सञ्चालन सहजीकरण टोलीका प्रमुख सुरेन्द्र अर्यालका अनुसार २१ गते बस्ने बैठक भव्य र नमुनायोग्य बनाउनका लागि सबै कामहरु थालिएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.