|

पर्सा : नेपालबाट भारततर्फ हुने लागूऔषध ओसारपसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ। वीरगन्जको रजतजयन्ती चोकबाट साढे दस किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो।

चरेससहित पक्राउ परेकी आठ महिने शिशुकी आमा अपसाना खातुन, रेहना खातुन र कारोबारी भारतको बिहार मोतिहार निवासी जहुर आलमलाई बुधबार सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले महिला प्रयोगबारे जानकारी दिए। उनले गर्भवती तथा सुत्केरी महिलामाथि शंका नहुने र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले प्राय: जाँच नगर्ने अनुमानका आधारमा कारोबारीले नेपालबाट भारततर्फ हुने लागूऔषध ओसारपसारमा महिलाको प्रयोेग गरिरहेको बताए। 

मकवानपुर जिल्लाको हेटौँडाबाट खरिद गरिएको लागूऔषधलाई सीमा कटाउन कारोबारीले  २ हजारदेखि अढाई हजारसम्म महिलालाई दिने गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक रेग्मीले दाबी गरे। उनले पक्राउ परेका महिला विगतमा समेत चरेस ओसार्ने कार्यमा संलग्न भएको अनुसन्धानबाट खुलेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.