|

काठमाडौं : पुस मसान्तभित्र रकम नपाएका भूकम्पीडितले पनि दोस्रो किस्ताको रकम पाउने भएका छन्। पुनर्निर्माण प्राधिकरणले यसअघि पहिलो किस्ता पाउनेले पीडितले  पुसमसान्तभित्र दोस्रो किस्ताको आवेदन नभरेमा नपाउने बताएको थियो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ युवराज भुसालले माघमा अन्तिमा बस्न पुनर्निर्माण निर्देश समितिको बैठकबाट निर्णय गरी रकम उपलब्ध गराइने जानकारी गराएका हुन्। 'पैसा पाइँदैन कि भन्ने चिन्ता गर्नु पर्दैन, मनसुनअघि नै घर निर्माण गर्नेतर्फ लाग्नुस्' भुसालले भने।

उनले पीडित आफैंले बनाएका भूकम्प प्रतिरोधात्मक घरको पैसा प्राधिकरणले दिने बताए। जोखिम वर्गलाई घर निर्माणका लागि लागत संकलन गर्ने काम गरेको जानकारी दिए। प्राधिकरणले ७५ वर्ष माथिका वृद्धवृद्धा ६५ वर्ष नाघेका एकल महिला, अपांग र १६ वर्षमुनिका बालबालिको अर्को सहारा नभए आफैँ घर बनाइदिने कार्यविधि बनाई लागत संकलनको काम गरेको भुसालले बताए।

उनका अनुसार ३२ जिल्लाका दुई सय ८२ स्थानीय तहमा लागत संकलनको काम भएको छ। साथै वर्तमान सरकारले बढाएको अनुदान रकम यसै आर्थिक वर्षमा पाउने सम्भावना नरहेको समेत सीईओ भुसालले प्रस्ट पारे। 'अनुदान कुन शीर्षकमा दिन थालिएको हो थाहा छैन, तर यो आर्थिक वर्षमा बजेट नहुने देखिएको छ' भुसालले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.