|

नुवाकोट : आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका–२ मा वृद्धा युकुमारी शाहको मृत्यु भएको छ।

गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरीषको रूख काट्ने क्रममा रुख घरतर्फ ढलेर ८९ वर्षीया शाहको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरको आँगनमा बसिरहेकी वृद्धालाई विद्युतीय तारसमेत छिनालेर ढलेको रूखले किच्दा घटनास्थलमा नै ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। 

अग्लो भएकाले हाँगा काटेर त्यसपछि रूख ढाल्नुपर्नेमा लापरबाही तरिकाले एकैपटक ढालेकाले दुर्घटना भएको भन्दै प्रहरीले संलग्नलाई पक्राउ गरी कारबाही शुरु गरेको जनाएको छ। रूख काट्ने जिम्मा लिएका ठेकेदार जीवन तिमिल्सिनासहित संलग्न पाँचजना प्रहरी नियन्त्रणमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.