प्रचण्डको जवाफ, 'नागरिकले वाम गठबन्धनलाई बहुमत दिइसकेका छन्'

|

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा निर्वाचनपछि राजनीतिक अवस्था र नयाँ सरकार गठनबारे जिज्ञासा राखेकी छिन्।

शुक्रबार बिहान सोल्टी होटलमा अध्यक्ष प्रचण्डसँग भएको भेटमा भारतीय विदेशमन्त्री स्वराजले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेकी हुन्।

भेटपछि प्रचण्डले भने, ‘उहाँले चुनवपछिको परिस्थितिको बारेमा, सरकार गठनको तयारीको बारेमा सकरात्मक र रचनात्मक कुराहरू भए।' स्वराजसँग झन्डै एकघण्टा एक्लाएक्लै कुराकानी गरेका प्रचण्डले अगाडि भने, 'उहाँले नेपाल अब कसरी अगाडि जाला भन्ने जिज्ञासा राख्नुभयो।' 

स्वजारजको जिज्ञासाबारे आफूले धेरै कुराको जवाफ दिइरहनुपर्ने नरहेको बताएको प्रचण्डको भनाइ थियो। उनले भने, 'नेपाललाई राजनीतिक स्थिरता चाहिन्छ, हामी छिमेकीहरूसँग राम्रो सम्बन्ध बनाएर जाने र सहयोग जुटाउनेमा छौँ भने।' आफूले राखेका कुरामा स्वराजले भारतको पूरै सहयोग रहेन प्रतिवद्धता व्यक्त गरेको प्रचण्डको भनाइ थियो। 

उनले अब नेपाल कसरी अगाडि बढ्ला र वाम गठबन्धनबारे राखेको चासोमा आफूले धेरै जवाफ दिन नचाहेको बताए। उनले भने, 'वाम गठबन्धनले बहुमत ल्याएको छ, उहाँले धेरै जान्ने कुरा भएन र हामीले धेरै भन्ने कुरा भएन।'

बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराजले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य वार्ता गरेकी थिइन्। सोही दिन उनले एमालेका नेताहरूसँग संयुक्त भेट पनि गरेकी छन्। त्यस्तै, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका ६ जना सदस्यहरूसँग पनि उनले होटल सोल्टीमा नै भेटवार्ता गरेकी छन्।

दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेसका नेताहरूसँग छलफलको कार्यक्रम रहेको छ। उनले त्यहाँ प्रधानमन्त्रीले आयोजना गरेको दिवाभोजमा पनि सहभागिता जनाउने छिन्। 

स्वराजले आफ्नो नेपाल भ्रमण सद्भावका लागि रहेको बताएकी छन्।

यी पनि पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.