|

सोलुखुम्बु  : तल्लो सोलुजलविद्युत् अयोजना (८२ मेगावाट) ले आयोजना निर्माण गर्दा सिँचाइको लागि प्रयोग गरिएको कुलो भत्किएपछि सिँञ्चाइ गर्न समस्या रहेकाे  तिङ्लाका ८ सय रोपनी खेतमा सिँञ्चाइ गर्न सकिने भएको छ। तल्लो सोलुजलविद्युत् आयोजना प्रशासन शाखा प्रबन्धक कविराज पौडेलले बिहीबार साझ देखी कुलो सञ्चालनमा आउने गरी मर्मत कार्य सकिएको जानकारी दिए। किसानले खेतमा सिँञ्चाइ गर्न सक्ने गरी काम गरिएको पौडेलको भनाइ छ।

अझै कुलोलाई थप व्यवस्थित बनाउँदै काम गरिने पनि उनले बताए। आयोजनाको कारण तिङ्लाको ८ सय रोपनी खेत सिँञ्चाइबाट बञ्चित रहेको सम्बन्धी समाचार थाहाखबर अनलाईनमा माघ १७ गते प्रकाशन भएको थियो। स्थानीयले बारम्बार अयोजनालाई जानकारी गराउँदासमेत बेवास्ता गरेको स्थानीयले बताएका थिए। स्थानीय सुजता राईले भनिन्, 'हामीले जानकारी गराउँदा वास्ता गरेन, समाचार आउँछ भनेपछि काम गर्न तरखर गरेको आयोजनाले समाचार आएको दुईदिनमै काम सक्यो।' 

अब आयोजनाले काम गर्दा अन्य क्षेत्रमा परेको असरको बारेमा पनि आवाज उठाईदिन आग्रह गरिन्।सिँचाइ गर्नको लागि कुलो निर्माण भएसंगै खेतमा सिँचाइ गर्न थालेका छन्। सिँचाइ गर्न पाएपछि उनीहरु हर्षित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.