|

काठमाडौं : साहित्यकार मनु ब्राजाकीको शुक्रबार निधन भएको छ। लामो समयदेखि बिरामी ब्राजाकी पछिल्लो समय पाटन अस्पतालमा उपचार गराइरहेका थिए। उनलाई तीन पटक मस्तिष्कघात भइसकेको थियो।

ब्राजाकीका 'अवमूल्यन',२०३८, 'आकाशको फल', २०४२, 'तिम्री स्वास्नी र म', २०४६ कथासंग्रह प्रकाशित छन्। यसरी नै 'भविष्यात्रा', २०५२, 'पारदर्शी मान्छे', २०६०, 'मनु ब्राजाकीका लघुकथा', २०७०, 'अन्नपूर्णको भोज', २०७० कथाकृतिहरू प्रकाशित छन ब्राजाकीका।

'गजल गङ्गा', २०५१, 'काँडाका फूलहरू', २०५६, 'के हेरेको ए जिन्दगी!', २०६४ लगायत गज्लसंग्रह पनि प्रकाशन भएका छन् उनका। विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरबाट सम्मान र पुरस्कार प्राप्त गरेका ब्राजाकीका कथा र गजल त्रिभुवन विश्वविद्यालयका विभिन्न तहमा समावेश गरिएको छ।

वि.सं. १९९९ मा महोत्तरीमा जन्मिएका साहित्यकार ब्राजाकीका साहित्यिक नाम 'सगर नासरत्य', 'हेमन्त हरि' हुन् भने न्वारानको नाम चेतमानसिंह भण्डारी हो। 

ब्राजाकीका श्रीमती, एक छोरा र एक छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.