|

गुल्मी : गुल्मीमा डोजरले पल्टाएको ढुंगाले लागेर एक वृद्धको मृत्यु भएको छ।

बाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुंगाले लागेर मालिका गाउँपालिका- ४ घर भएका ८८ वर्षका भुवनेश्वर अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

अर्याल मालिका गाउँपालिका- ४ अर्खाबाङको खलडाँडाबाट सल्लीबुढी भन्ने स्थानसम्म मोटरबाटो खन्ने क्रममा लु१क २३६४ नम्बरको डोजरले पल्टाएको ढुंगाले लागेर घाइते भएका थिए। अर्याललाई माघ ५ गते उनको घर नजिकै पल्टेको ढुंगाले लागेर घाइते भएपछि थप उपचारका लागी बुटवल लगिएको थियो।

उपचारबाट घर ल्याइएका अर्याल शुक्रबार तम्घासस्थित आफन्तको घरमा रहेका बेला मृत्यु भएको प्रहरीले जनाएको छ। वृद्धको मृत्यु भएसँगै चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप कारवाही अगाडि बढाइने प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.