|
pinterest.com

गोरखा : रेबिज लागेको कुकुरले टोक्दा १० चौपाया मरेका छन्। जिल्लाको अजिरकोट गाउँपालिका–४ बालुवामा रेबिज लागेको कुकुरले टोकेपछि दुई भैंसी, छ बंगुर, एक गोरु र एक गाई मरेको स्थानीय चन्द्र घलेले जानकारी दिए। 

कुकुरले टोकेका चौपायाहरू उपचार गरेपछि मरेका हुन्। उक्त कुकुरले टोकेको पशुहरुले र्‍याल निकाल्ने, कुकुरको जस्तो आवाज निकाल्ने, पुच्छर कुकुरको जस्तो गरी लुकाउने, ज्यान तन्काउँदै मर्ने गरेको घलेले बताए। कुकरले टोकेका हाँस, कुखुरा, गाईवस्तु गरेर छ वटा अझै गम्भीर अवस्थामा छन्।

‘त्यो कुकुर गाउँमा पसेको १५ दिन जति भयो,’ घलेले भने, ‘र्‍याल काढ्दै हिँड्ने त्यो कुकुर कराइरहने, मान्छेलाई टोक्न जाने, गाईबस्तु भेटे टोकिहाल्ने गरेर त्रास फैलिएको छ।’ 

कुकुरले गाउँमा त्रास फैलाएको दुई हप्ता भए पनि जिल्ला पशु सेवा कार्यालयमा भने शुक्रबार मात्रै जानकारी आएको डा. जगतबन्धु नेपालीले बताए। ‘हामीलाई शुक्रबार मात्र जानकारी आयो,’ उनले भने, ‘मैले अजिरकोट गाउँपालिकामा जानकारी गराउनुस्, हाम्रो प्राविधिक त्यहाँ हुनुहुन्छ। उहाँले भ्याक्सिन जिल्लामा भए जिल्लाबाटै र नभए पोखराबाट तत्कालै मगाएर भए पनि सेवा दिनुहुन्छ भनेर सल्लाह दिएको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.