|

उदयपुर : वन उपभोक्ता समूहले दाउरा कम गर्न उपभोक्तालाई ग्यास सिलिन्डर वितरण गरेको छ। जिल्लाको त्रियुगा नगरपालिका–१ जोगिदहस्थित रामजानकी नमुना सामुदायिक वन उपभोक्ता समितिले प्रिमा ग्यासको सिलिन्डर वितरण गरेको हो।

समूहले २ लाख २८ हजार रुपैयाँ बराबरको ६० घर परिवारलाई फ्री मा  ग्यासको सिलिन्डर वितरण गरेको समूहका अध्यक्ष युवराज खनालले बताए। ‘समूहको आर्थिक वर्ष ०७३/७४ को आम्दानीबाट कार्ययोजना बनाएर दाउरा कम गर्न ग्यास वितरण गरिएको हो,’ अध्यक्ष खनालले भने, ‘पहिलो चरणमा दलित, एकल महिला र विपन्न ६० परिवारलाई दिइएको छ।’

दैनिक इन्धिनको रुपमा दाउरा काटेर वन फडानी गर्दै आएका गरिब, विपन्न, दलित तथा एकल महिलालाई वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत ग्यास सिलिन्डर वितरण गरेको अध्यक्ष खनालको भनाइ छ।

यस सामुदायिक वनमा १ सय ४० घरधुरी उपभोक्ता आबद्ध छन्। दोस्रो चरणमा सबैलाई वितरण गर्ने कार्ययोजना रहेको समूहले जनाएको छ। धुवाँमुक्त त्रियुगा नगर अभियानलाई सहयोग गर्नसमेत ग्यास सिलिन्डर वितरण जानकारी दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.