|

भद्रपुर (झापा) : प्रहरीले झापाको मेचीनगरबाट लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–१ का १९ वर्षीय प्रवीण तामाङ, कमल गाउँपालिका–३ का २४ वर्षीय चक्रबहादुर माबो र शिवसतासी नगरपालिका–३ का २९ वर्षीय प्रदिप गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरीले टोलीले उनीहरुलाई मेची भन्सार मुलगेट र जोरसिमल चेकपोष्ट नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनीहरुको साथबाट लागुऔषध डाइजेपाम ४२ एम्पुल, लुपिजेसिक ४२ एम्पुल र फेनारागन ४२ एम्पुल बरामद गरिएको छ। पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ। पछिल्लो समयमा पूर्वी नाका काकँडभिट्टाबाट लागुऔषध भित्र्याउने र सेवन गर्ने बढेसँगै प्रहरीले सक्रियता बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.