|

कावासोती (नवलपरासी) : देवचुली नगरपालिका–१६ रजहर चोकमा गएराति ट्रकको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीअनुसार पैदलयात्री अन्दाजी १८/२० वर्षीय युवकको मृत्यु भएको हो।

नम्बर नखुलेको ट्रकले ती युवकलाई ठक्कर दिएर फरार भएको थियो। ठक्करबाट गम्भीर घाइते  भएका उनलाई उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिएको आशंकामा ना ६ ख ९६५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.