|

काठमाडौं : युवा कवि सरस्वती प्रतीक्षा अब उपन्यासकारका रूपमा आएकी छन्। उनको पहिलो उपन्यास 'नथिया' शनिबार राजधानी काठमाडौंमा सार्वजनिक भएसँगै उनको परिचय थपिएको छ।

मध्य र सुदूरपश्चिमको पिछडिएको समुदाय बादीमाथि लेखिएको उपन्यास नथिया बादी अधिकारकर्मी तथा प्रदेश सांसद उमा बादीले सार्वजनिक गरेकी थिइन्। 

सार्वजनिक गरिएको उपन्यासमाथि पत्रकार तथा उपन्यासकार नारायण वाग्ले र राष्ट्रिय सूचना आयोगकी सदस्य यसोदा तिम्सिनाले बोलेका थिए। पिछडिएको र राज्यद्वारा उपेक्षा गरिएको समुदायका पीडाबारे लेखिएको उक्त उपन्यासले नेपाली समाजको बिम्ब प्रस्तुत गर्ने वक्ताहरूको भनाइ थियो।

अधिकारकर्मी तथा प्रदेश सांसद उमा बादीले नथियालाई बादी समुदायको विशिष्ट प्राप्तिका रूपमा लिएको बताइन्। उनले नथियालाई बादी समुदायको गीता भएको टिप्पणी गरिन्।

चलचित्रकर्मी दीपेन्द्र के खनालले नथिया नेपाली समाजको महत्त्वपूर्ण प्राप्ति भएको भन्दै यसमाथि चलचित्र बनाउने घोषणासमेत गरे।

लेखिका सरस्वती प्रतीक्षाले आफूलाई दश वर्षअघिदेखि घेचिरहेको विषयमा उपन्यास तयार पार्दा सन्तुष्टि मिलेको बताइन्। उनले उपन्यास लेखनका क्रममा जति आफूले बादी समुदायका दु:ख र पीडा प्राप्त गरियो, त्यति लेख्न भने नसकेको धारणा राखिन्।

पुस्तक बुक हिलद्वारा प्रकाशन गरिएको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.