|

  • तिलाचन पाण्डे-

गुल्मी : गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ को पछिल्लो सात महिनामा चालु र पूँजीगत गरी कुल ४५.३६ प्रतिशत रकम खर्च भएको छ। असारदेखि पुस महिनासम्म चालु र पूँजीगत गरी जम्मा तीन अर्ब १६ करोड १८ लाख ९२ हजार ४१७ रुपैयाँ ५८ पैसा खर्च भएको छ। यसमध्ये चालुतर्फ ५७ प्रतिशत र पूँजीगततर्फ ३३.७७ प्रतिशत रकम खर्च भएको छ। जिल्लाका १२ स्थानीय तह र विभिन्न कार्यलयमा चालुतर्फ हालसम्म प्राप्त पाँच अर्ब एक करोड ४२ लाख १५ हजार ८९७ रुपैयाँ ८१ पैसामध्ये दुई अर्ब ९० करोड ३१ लाख ५५ हजार २८६ रुपैयाँ एक पैसा खर्च भएको छ।

त्यस्तै, पूँजीगततर्फ जिल्लाका स्थानीय तहबाहेकका ३६ कार्यालयहरूमा हालसम्म प्राप्त रकम ९७ करोड ८७ लाख ४७ हजार ४०० हो। यसमध्ये ३३ करोड पाँच लाख २५ हजार ६०२ रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यलयका प्रमुख शशिन्द्र खातीले जानकारी दिए। यस आर्थिक वर्षमा गुल्मीमा सबैभन्दा धेरै रकम जिल्ला शिक्षा कार्यलयमा भए पनि खर्च गर्न सकेको छैन। चालुतर्फ जिल्ला शिक्षा कार्यलयलाई परेको २५ करोड ५२ लाख ८३ हजार २२९ रुपैयाँमध्ये छ करोड ३१ लाख ३० हजार ८९९ रुपैयाँ मात्र खर्च गरेको छ। तर पूँजीगततर्फ भने कार्यलयले धेरै खर्च गरेको छ। पूँजीगततर्फ परेको दुई करोड ५६ लाख ८३ हजार रुपैयाँमध्ये उसले दुई करोड एक लाख ५७ हजार ६६५ रुपैयाँ खर्च गरिसकेको छ।

जिल्ला समन्वय समितिले भने चालु र पूँजीगत दुवै शीर्षकमा रकम अत्यन्त न्यून खर्चेको देखिन्छ। समितिमा चालुतर्फको बजेट १७ करोड ६७ लाख ५० हजार रुपैयाँमध्ये छ करोड ७६ लाख ३६ हजार ८५१ रुपैयाँ ७० पैसा मात्र खर्च गर्न सकेको छ। पूँजीगतर्फको कुल १७ करोड ५६ लाख ६० हजार रुपैयाँमध्ये पनि पाँच करोड ६८ लाख ३३ हजार ७४३ रुपैयाँ ६१ पैसा मात्र खर्च भएको छ। जिल्ला समन्वय समिति र जिल्ला शिक्षा कार्यालय जिल्लाकै ठूलो रकम पर्नेमध्येका कार्यालय भए पनि रकम भने एकदमै कम खर्चने कार्यालय भएका छन्।

जिल्ला युवा समितिको कार्यालयले भने साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा एक रुपैयाँ पनि बजेट खर्च नगरेको पाइएको छ। जिल्ला युवा समितिको चालुतर्फको कुल २३ लाख ९४ हजार रुपैयाँमध्ये पुस महिनामा मात्र पाँच लाख ४३ हजार ५०० खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यलयले जनाएको छ।

तम्घास-सिमलटारी-प्युठान सडक आयोजनाको कुल चालुतर्फको बजेट ७२ लाख ८१ हजार रुपैयाँ हो। यसमध्ये ३० लाख ६९ हजार ४९३ रुपैयाँ ७० पैसा खर्च भएको कोष तथा लेखा नियन्त्र प्रमुख खातीले बताए।

त्यस्तै, कुल पूँजीगत बजेट ४८ करोड सात लाख २१ हजार रुपैयाँमध्ये सडक कार्यालयले २० करोड ७४ लाख २० हजार ७१८ रुपैयाँ खर्च गरिसकेको छ। गुल्मीमा सबैभन्दा धेरै पूँजीगततर्फको बजेट पाउने कार्यालय पनि तम्घास-सिमलटारी सडक कार्यालय हो। खर्चको हिसाबले पनि यस सडक कार्यालयले अन्य कार्यालयले भन्दा बढी गरेको छ। तर खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले हालसम्म पनि पूँजीगततर्फको बजेट आठ करोड ८२ लाख ९८ हजार रुपैयाँमध्ये एक पैसा पनि खर्च गर्न सकेको छैन।

गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ को असारयता १५ करोड ५१ लाख ३४ लाख ७९१ रुपैयाँ ३५ पैसा राजश्व संकलन भएको छ। जिल्लामा भित्रिएका कुल खाद्यान्न सामग्री, निर्यातीत सामग्री, सरकारी सेवा–सुविधासहित १२ स्थानीय तहले गरेको वित्तीय प्रगतीमा उक्त राजश्व संकलन भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.