|

विराटनगर : १ नम्बर प्रदेशका मुख्य सचिव यादवराज कोइरालाले तत्काल ऐन प्रमाणीकरण तथा कार्यसम्पादन नियमावली निर्माण गर्ने बताएका छन्।

विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार उद्घाटन गर्दै सचिव कोइरालाले तत्काल ऐन निर्माण गर्ने, कार्यसम्पादन नियमावली तर्जुमा गर्नेलगायतका काम अघि बढाइने बताएका हुन्। 

उनले त्यसपछि ऐन तथा नियमावली निर्माण गरेपछि मात्रै समृद्धि र विकासतर्फ प्रदेश सरकार अगाडि बढ्ने बताए। ‘तत्कालीन कानुन बनाउनुपर्ने, तत्कालीन अवस्थामा प्रमाणीकरण ऐनसम्बन्धी कार्यविधि तय गर्नुपर्ने, कार्यसम्पादन नियमावली तर्जुमा गर्नेलगायतका काम तत्काल गरिनेछ’, मुख्य सचिव कोइरालाले भने, ‘यी काम सकिएपछि मात्रै सरकारले पूर्ण रूपमा गति लिन सक्नेछ।’

त्यसपछि प्रदेश सरकार विकास निर्माणका काम, भौतिक पूर्वाधार निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो। ‘विकास निर्माण, भौतिक पूर्वाधार निर्माणमा ऐन कानुन बनिसकेपछि सरकार लाग्नेछ’, उनले भन्नुभयो, ‘सुशासन कायम गर्ने, सेवा प्रभावकारी ढंगले गर्न तत् मन्त्रालयको अनुगमन र समायोजन गर्ने काम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ।’

कोइरालाले आइतबार नै विराटनगरको रोडशेषस्थित क्षेत्रीय कृषि निर्देशनालयको कार्यालयबाट कार्यसम्पादन सुरु गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.