|

काठमाडौं :  एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए नेपालमा कम्युनिस्टहरुका लागि ठूलो दुर्घटना हुने बताएका छन्।

आइताबार प्रेस चौतारी नेपालको २०औँ स्थापना तथा पुरस्कार एवं सम्मान कार्यक्रममा उनले पार्टी एकता हुनुपर्ने र नभए त्यसले दुर्घटना निम्त्याउने बताएका हुन्। 

पार्टी एकता एक दुई नेताको मात्र चाहना नभएको र यसमा आ-आफ्ना पार्टीका आ-आफ्नै वाध्यता र परिस्थिति रहेको गौतमको दृष्टिकोण थियो। 'प्रचण्ड र म दुई पार्टी एकताबारे सम्झौताका हस्ताक्षरकर्ता हौं पार्टी एकता हुन्छ', उनले थपे, 'पार्टी एकतामा हाम्रो उद्देश्य लक्ष्य एउटै छ, मिल्न नसके ठूलो क्षति हुन्छ यो दुवै पक्षका नेताहरूले बुझेका छन्।'

उनले एमाले र माओवादी देशका ठूला कम्युनिस्ट पार्टी भएकोले यी दुई पार्टी एकतालाई लिएर विश्वभरीका कम्युनिस्टहरुले चासो दिइरहेको बताए।

अबको प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली नै हुने बताउँदै नेपाली जनता र विदेशी शक्तिहरूले पनि त्यही चाहेको उपाध्यक्ष गौतमको भनाइ छ। भारतीय विदेशमन्त्री सुस्मा स्वराजले भारत सरकारको मित्रताको सन्देश लिएर आएकी र त्यसबारे धेरै टीका टिप्पणी गरिरहन आवश्यक नरहेको गौतमको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.