|

सोलुखुम्बु : जिल्ला बन कार्यालय सोलुखुम्बुले गाडी मर्मत गर्ननसक्दा विभागलाई नै जिम्मा दिएको छ। विभागले केही वर्ष अगाडि सोलुखुम्बुलाई जापानिज बोलेरो दिएको भए पनि अति पुरानो दिएको जिल्ला वन अधिकृत मेघराज राईले बताए।

विभागले पुरानो गाडी दियो मर्मत गर्नै नसक्ने गरी खर्च आउन थालेपछि गाडी नै फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भयो, वन अधिकृत राईले भने, ‘मर्मत खर्च वार्षिक ५० हजार जति हुन्छ, खर्चचाहिँ एकैपटकमा साठी सत्तरी हजार त्यसैले फिर्ता गर्नु हाम्रो बाध्यता हो।’

विभागलाई बारम्बार गाडी पुरानो भएर मर्मत खर्च बढी आयो भन्दा विभागले सुनेन उनले भने, ‘नयाँ पठाउने व्यवस्था गरिदिनुपर्‍यो भन्दा उल्टै एउटा गाडी त दिएकै छ किन अर्को चाहियो भनेर प्रश्न गरे, त्यसपछि ट्रयाक्टरले नै तानेर वन विभाग काठमाडौं पुर्‍याइदियौं।’ वन कार्यालयसँग यसअघि रहेको बा१झ ७२३० नम्बरको बोलेरो मर्मत गर्न नसक्दा सात महिना अगाडि विभागलाई नै जिम्मा लगाइएको छ।

गाडी नहुँदा कार्यसञ्चालनमा समस्या

सात महिना अगाडि नै गाडी जिम्मा दिएको भए पनि अहिलेसम्म कुनै सवारीसाधनको व्यवस्था नहुँदा कार्यसञ्चालनमा समस्या भएको वन कार्यालयको भनाइ छ। जिल्लाको विभिन्न स्थानमा सडक यातायात सञ्चालन भए पनि वन कार्यालयमा अहिले एउटा पनि गाडी नहुँदा कार्य सञ्चालनमा समस्या भएको हो।

वन कार्यालयले दैनिकजसो निरीक्षण तथा अनुगमन गर्नुपर्ने भए पनि कार्यालयमा गाडी नहुँदा काम गर्न गाह्रो भएको छ। जिल्ला वन अधिकृत मेघराज राईले भने, ‘सडकको ट्रयाक खोलेसँगै काठ कटान तथा निकासी पनि बढेको छ,  कतिपय गैरकानुनी ढंगबाट निकासीसमेत हुनेहुँदा अनुगमन अनिवार्य जस्तै हो।’ उनले भने, ‘कार्यालयले नियमित अनुगमन गरी गैरकानुनी काम गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउँदा चोरी निकासी रोकिने भए पनि सवारीसाधन नहुँदा अनुगमनमा कडाइ गर्न सकिएन, गैरकानुनी काम गर्नेलाई सजिलो भएको छ।’

अहिले जिल्ला वन कार्यालय सोलुखुम्बुसँग एउटा मोटरसाइकल रहेको छ। गाडीको लागि विभागमा बारम्बार माग गरे पनि विभागले वास्ता गरेन, अधिकृत राईले गुनासो पोखे, ‘हिमाली जिल्ला सोलुखुम्बु जनशक्ति पनि कम धेरै क्षेत्र भ्याउनुपर्छ, पहिला गाडी हुँदा धेरै कारबाही ग¥याँै अहिले त हामीसँग साधन छैन, त्यसैले प्रभावकारी काम गर्न सकिएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.