|

गोरखा : गोरखाबाट काठमाडौंका लागि छुटेको माइक्रो दिउँसो ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ६ जहरेमा माइक्रो र ट्रक एकआपसमा ठोकिँदा एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारको क्रममा राजधानीस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा गोरखा घर भएका सुजित श्रेष्ठ र मनकामनाका राजकुमार श्रेष्ठ रहेका छन्। 

घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा मनकामनाका दिनेश जोशी र राजन जोशी, सिम्जुङका शेखरनाथ न्यौपाने, घ्याम्पेसालका फणीन्द्रबहादुर बानियाँ र गोरखा नगरपालिका– ६ की अञ्जु माकाजु श्रेष्ठ रहेका छन्। 

गोरखाबाट काठमाडौं जाँदै गरेको ना२ख ८७९० नम्बरको माइक्रो बस विपरीत दिशाबाट आउँदै गरेको ना७ख ६०१९ नम्बरको ट्रकसँग ठोकिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई काठमाडौं पठाइएको छ भने सामान्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक संजय तिमिल्सिनाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.